Madhes Khabar
मनोरञ्जन

एसियाकै सर्वाधिक महँगो अभिनेता बने रजनीकान्त

काठमाडौं,२१कार्तिक:दक्षिण भारतीय अभिनेता रजनीकान्त भारतमा मात्र नभइ नेपालमा समेत लोकप्रिय छन्। उनको फिल्म ‘रोबट’ ले पनि उनी दर्शकको मन जित्न सफल भएका छन्।

भारतको सुपरस्टारको रूपमा परिचित रजनीको यस वर्ष फिल्म ‘जेलर’ प्रदर्शन भएको थियो। यस फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेकाे छ। २२५ करोड भारू लगानीमा बनेको फिल्मले ६०५ करोड भारू कमाएको थियो। रजनीकान्त र तमन्नाले नृत्य गरेको गीतले पनि ‘जेलर’ फिल्मको चर्चा धेरै भएको थियो।

सुपरस्टार रजनीकान्त भारतका महँगा अभिनेतामा पर्छन्। उनको पारिश्रमिक फेरि बढ्ने भएको छ। भारतीय संचारमाध्यमका अनुसार रजनीकान्तले लोकेश कनगराजको फिल्म ‘थलाइवर १७१’ का लागि २६० देखि २८० करोड भारू पारिश्रमिक लिने भएका छन्। तर निर्माण टिमले आधिकारिक जानकारी दिएका छैनन्।

यदि यो सत्य भए रजनीकान्तले इतिहास रच्नेछन्। उनी एसियाकै सर्वाधिक महँगो पारिश्रमिक लिने अभिनेता बन्नेछन्। यसअघि पनि उनी एसियाकै महँगा अभिनेता बनिसकेका छन्। चिनियाँ अभिनेता ज्याकी च्यानलाई पछि पार्दै उनी एसियाकै महँगा अभिनेता बनेका थिए।

`थलाइवर १७१’ एकदम ठूलो बजेटमा बन्दैछ। यसलाई सन पिक्चर्सले निर्माण गर्दैछ। ‘जेलर’ फिल्मको निर्माण पनि सन पिक्चर्सले नै गरेको थियो।

नेल्सन दिलीपकुमारले निर्देशन गरेको फिल्म ‘जेलर’ मा रजनीकान्तसँगै तमन्ना भाटिया, मोहनलाल, शिव राजकुमार, ज्याकी श्राफ, राम्या कृष्णन, सुनिल, विनायकन, बसन्थ रवि, योग बाबुललगायत कलाकारको अभिनय छ। साभार:सेताेपाटीबाट

Related posts

वीरगन्ज नजिकै चैनपुरमा पहिलो फन पार्क सन्चालन

MadhesKhabar

सर्वाधिक कमाइ गर्ने तेश्राे हिन्दी फिल्म बन्याे ‘गदर २’

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment