Madhes Khabar
मनोरञ्जन

सर्वाधिक कमाइ गर्ने तेश्राे हिन्दी फिल्म बन्याे ‘गदर २’

वीरगन्ज,१०भदाैं: बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ले शनिबार नयाँ रेकर्ड राखेको छ।

हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले प्रदर्शनको १६ दिनमा ४३९ करोड ९५ लाख भारू कमाएको छ। योसँगै ‘गदर २’ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ।

शनिबार १३ करोड ७५ लाख भारू कमाउँदै ‘गदर २’ ले दक्षिण भारतीय अभिनेता यशको फिल्म ‘केजिएफ २’ को रेकर्ड तोडेको हो। ‘केजिएफ २’ को हिन्दी संस्करणले ४३४ करोड ७० लाख कमाएको थियो।

‘गदर २’ भन्दाअघि दुई फिल्म ‘पठान’ र ‘बाहुबली २’ रहेका छन्। ‘पठान’ ले ५४३ करोड कमाएको थियो भने ‘बाहुबली २’ हिन्दी संस्करणले ५१० करोड कमाएको थियो।

अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन्।

सन् २००१ मा प्रदर्शन भएको ‘गदर’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।

Related posts

‘गदर २’ ले कमायो ४ सय करोड भारु

MadhesKhabar

बलात्कारको मुद्दामा पल शाहले पाए सफाई तर….

MadhesKhabar

पर्सा १ मा अन्य दलका नेताहरु धमाधम जसपामा प्रवेश गर्दै

MadhesKhabar

Leave a Comment