Madhes Khabar
राजनीति

कुलमानकाे पार्टी `उज्यालो नेपाल´ काे पर्सा संयाेजकमा युवा समाजसेवी रामबाबु यादव

वीरगन्ज,२६मंसिर:भाैतिक पूर्वाधार तथा उर्जा मन्त्री कुलमान घिसिङ संरक्षक रहेकाे उज्यालो नेपाल पार्टीकाे पर्सा जिल्ला संयाेजकमा रामबाबु यादव नियुक्त गरिएको छ।।लामाे समयदेखि समाजसेवामा सकृय एंव शिक्षण पेशामा रहेका रामबाबु यादवलाई उज्यालो नेपाल पार्टीले पर्सा जिल्ला संयोजकमा नियुक्त गरेको हाे।

 

भ्रष्टाचारमुक्त समाज निर्माण, युवालाई नेतृत्वमा जोड्ने अभियान र निरन्तर जनसेवामा सक्रिय भूमिका खेलेका यादवलाई उनको योगदान र सक्रियताका आधारमा पर्सा जिल्ला संयाेजककाे जिम्मेवारी दिइएको उज्यालो नेपाल पार्टीले जनाएको छ।.

 

स्नातकोत्तर उत्तीर्ण समेत रहेका नवनियुक्त पर्सा जिल्ला संयोजक यादवले पर्सामा पारदर्शी र उत्तरदायी नेतृत्वको प्रतिवद्धता जनाउँदै पार्टीमा युवा पुस्ताकाे सहभागिता बढाउँदै जनताको समस्या समाधानमा परिणाममुखी काम गर्ने प्रतिक्रिया दिएका छन्।

 

घिसिङ संरक्षक रहेकाे उज्यालो नेपाल पार्टीको केन्द्रीय अध्यक्ष अनुप कुमार उपाध्याय हुन्।

Related posts

वीरगन्जलाई सरकारले आर्थिक राजधानी घोषणा नगरे आन्दोलन गर्ने आजपाको चेतावनी

MadhesKhabar

पर्सा १ का काँग्रेस नेता कार्यकर्ता भन्छन् : कर्ण नै हाम्रा उम्मेदवार हुन्, जसरी पनि जिताउछौं

MadhesKhabar

संविधान पुनर्लेखन गर्नुपर्छ : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment