Madhes Khabar
राजनीति

पूर्वगृहमन्त्री सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति

काठमाडौं,३१वैशाख:सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ्गमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।

मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो।

समितिलाई प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व गृहमन्त्री गुरुङ्गका सम्बन्धमा सार्वजनिकरुपमा उठेका विषयमा सत्यतथ्य अध्ययन तथा छानविन गरी सरकारसमक्ष रायसुझावसहित १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

Related posts

चिनियाँ राजदूत सोङको विरोधमा प्रदर्शन

MadhesKhabar

पर्सा–३ मा एमालेलाई झट्का : पूर्व प्रदेशसभा सदस्य गिरिसहितका १ सय बढी नेताहरु प्रचण्डको पार्टीमा प्रवेश

MadhesKhabar

मधेसका दलितका मुद्दालाई प्राथमिकताका साथ अगाडि बढाउने मुख्यमन्त्री सिंहकाे प्रतिबद्धता

MadhesKhabar

Leave a Comment