Madhes Khabar
राजनीति

मधेसका मसिहा भन्ने उपेन्द्र यादव ठग हुन् : केपी ओली

बारा,२२ चैत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसका मसिहा भन्ने जसपाका अध्ययक्ष उपेन्द्र यादवले जनतालाई ठग्ने बाहेक केही पनि नगरेको आरोप लगाएका छन् ।

एमाले जिल्ला कमिटी बाराले बुधबार बरियारपुरमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै ओलीले यादव अहिले देश लुटन् बनेको १० दलीय गठबन्धनको सदस्य रहेको बताए । यादवबाट कुनै पनि विकासका कामको आश गर्न नसकिने ओलीको भनाइ थियो ।

मधेसकै अन्य जिल्लाबाट उखेलिएपछि उपेन्द्र यादव चुनाव लड्न यतिबेला बारा आएको ओलीको टिप्पणी थियो । ओलीले मोरङ, सुनसरी र सप्तरीबाट उखेलिएपछि बारा २ का जनतालाई लाटो र सोझो ठानेर यादव बारा आएको बताए।

ओलीले भने,‘ ‘उहाँ पहिला मोरङबाट लड्नुहुन्थ्यो। त्यहाँबाट उखेलिएपछि सुनसरीबाट लड्नुभयो। त्यहाँबाट पनि उखेलिएपछि सप्तरी आउनुभयो। सप्तरीबाट जरा नै टकटक्याएपछि बारा आउनुभएको छ। उहाँले चुनाव जिते पनि माला लगाउने र मन्त्री बन्नेबाहेक अरु केहि गर्न सक्नु हुन्न ।

मंसिर ४ को चुनावी प्रसंग जोड्दै ओलीले कांग्रेस, माओवादीले साथ छोडेर आपत परेका बेला एमालेले यादवलाई साथ दिएको र चुनावपछि उनले धोका दिएको बताए। ‘सबैले साथ छोडेर आपत परेका बेला हामीले सँगै मिलेर जाँउ भनेर साथ दियौं,’ ओलीले भने ‘चुनाव जितेपछि उहाँको भूमिका बेग्लैबेग्लै हुन थाल्यो। हामीसँग राम्रो गर्ने अनि अन्त गएर षड्यन्त्र गर्ने भूमिका देखियो।’

ओलीले यादवको चरित्र जनतासामु छर्लङ्ग रहेको भन्दै बाराका जनताले एमालेको पक्षमा मतदान गर्ने बताए। देश र जनताको हितका लागि काम गर्ने पार्टी एमालेमात्रै रहेको भन्दै ओलीले बारा २ का जनताले एमालेका उम्मेदवारलाई बिजयी गराउनेमा आफू ढुक्क रहेको बताए। साभार : अन्नपूर्णपोष्ट

Related posts

वीरगन्ज २ का माओवादीका प्रभावशाली नेता खलील अन्सारी पनि जसपा प्रवेश

MadhesKhabar

गठबन्धनमा सहमति : पर्साको २ र ४ काँग्रेसले पाउने पक्का , १ र ३ को निर्णय भोलि हुने

MadhesKhabar

पर्साको बलुवामा जनमत पार्टीको वडा समिति गठन

MadhesKhabar

Leave a Comment