Madhes Khabar
राजनीति

वीरगन्जका पत्रकार महेश दास पनि प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस

फाइल फोटो

मधेसखबर
वीरगन्ज,१७ भदौं :वीरगन्जका पत्रकार महेश दास पनि प्रदेशसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् ।

नेकपा एमालेले पर्सा क्षेत्र नम्बर २ (ख) को प्रदेशसभा सदस्यमा प्रत्यक्ष तर्फ दासको नाम सिफारिस गरेकोे हो ।
पार्टीको वीरगन्ज महानगर कमिटीका उपाध्यक्ष समेत रहेका दास सहित ५ जनाको नाम एमालेले सिफारिस गरेको हो।

प्रदेश क्षेत्रीय समिति क्षेत्र न २ को ख को आयोजनामा भएको बैठकले प्रत्यक्ष तर्फ दाससंगै श्याम गुप्ता, रुप नारायण प्रसाद, हरेराम पटेल र खुर्रम आलमको नाम सिफारिस गरेको हो ।

यसैगरी प्रदेश सभाको समानुपातिक तर्फ हरि शंकरलाल कर्ण, हिरामतीदेवी कुर्मी, शशिवाला देवी, नुतन सरावगी, अफजल हुसेन, शारा खातुनको नाम एमालेले सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रीय कमिटीका संयोजक अफजल हुसेनको अध्यक्षतामम भएको बैठकमा प्रमुख जिल्ला इन्चार्ज प्रभु हजरा, जिल्ला सह इन्चार्ज अरबिन्द सिंह, जिल्ला अध्यक्ष जयप्रकाश थारु, वीरगञ्ज महानगर कमिटी सचिव सुन्दर कुर्मी लगायतको उपस्थिति रहेको थियो ।

Related posts

राप्रपा नेता रवीन्द्र मिश्रको सुझाव : राष्ट्रप्रमुखका रूपमा राजा ज्ञानेन्द्रलाई अघि सारौं

MadhesKhabar

जनताको चाहना अनुसार काम गर्ने प्रतिनिधि बन्ने मेरो लक्ष्य हो : रास्वपा उम्मेदवार कानु

MadhesKhabar

प्रधानमन्त्री ओलीले भने: हामीले कुरा गरेपछि भारत र पाकिस्तानबीचकाे लडाइँ राेकियाे

MadhesKhabar

Leave a Comment