Madhes Khabar
राजनीति हेडलाइन

प्रदीप यादवले गरेका कामले पर्सा १ मा जसपा प्रतिको आकर्षण झन् बढ्दै

मधेसखबर
वीरगन्ज,२९ असोज : पर्सा क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी (जसपा) प्रतिको आकर्षण र जनलहर बढ्दै गएको छ । मंसिर ४ को निर्वाचन नजिकिदै जादा पर्सा १ मा जसपा र उसका उम्मेदवार प्रदीप यादव प्रति जनलहर बढ्दै गएको पाइएको हो ।

सांसद र मन्त्री पदमा रहदा यादवले गरेका विकास निर्माणका कामका कारणले पर्सा १ मा जसपा प्रति जनलहर बढ्दै गएको स्थानीय मतदाताले बताएका छन् ।पर्सा १ मा जसपाले चुनावी गतिविधी बढाउदै लगेको अवस्थामा अन्य दल छाडेर जसपामा प्रवेश गर्नेहरुको संख्या पनि बढ्दै गएको छ ।

यसैक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मा शनिबार जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अन्य दलका थुप्रै नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।

शनिबारको कार्यक्रममा जनमत पार्टीको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिका वडा नम्बर २२ मा वडा अध्यक्ष पदका उम्मेदवार चन्द्रिका सहनी जसपामा प्रवेश गरेका छन् । उनको नेतृत्वमा सयौं जना जसपामा प्रवेश गरेका हुन् । कार्यक्रममा नवप्रवेशीहरुलाइ पर्सा १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार उंव जसपा नेता प्रदीप यादवले फुलमाला लगाएर गम्छा ओढाउदै पार्टीमा स्वागत गरे ।

कार्यक्रमम बोल्दै यादवले मधेस र मधेसीका लागि संघर्षरत जसपामा पहिलेको भन्दा अहिले झन जनलहर बढेको बताए । मधेसको हकअधिकारी र मुद्धा सम्बोधनका सवालमा संघर्ष गर्ने एक मात्र दल जसपा नै रहेको भन्ने कुरा बुझेर जनताको आकर्षण जसपा प्रति बढेको उनले बताए । उनले भने ,‘ मधेसका सम्बोधन हुन बाँकी रहेका मुद्धा र हकअधिकार सम्बोधन गराउनका लागि जसपा आज पनि संघर्षरत रहेको छ , सदन होस् वा सडक जसपाले मधेसको एजेण्डा बिर्सिएको छैन , र बिर्सिनेवाला पनि छैन ।

Related posts

पर्सामा कांग्रेसलाई सशक्त बनाउन जिराभवानीमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

MadhesKhabar

मधेसमा शेखर कोइराला पक्षको पहिलो भेलामा ८ वटै जिल्लाबाट नेताहरुको उत्साहजनक सभागिता

MadhesKhabar

जग्गाकाे कित्ताकाट खुलाउन मालपाेतसंग वीरगन्जका मेयर सिंहकाे आग्रह

MadhesKhabar

Leave a Comment