Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे सिडिओ कार्यालयका अधिकृतकाे गाेली हानी हत्या गर्ने कुख्यात अपराधी गिरी १६ बर्षपछि पक्राउ 

वीरगन्ज,०७जेष्ठ:१६ बर्षपहिले जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन अधिकृतकाे गाेली हानी हत्या गरेर फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ।पक्राउ पर्नेमा पर्साकै सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ५ बलुवाका ७२ बर्षिय प्रेम गिरी रहेका छन्।
पक्राउ परेका गिरीले २०६५ असाेज २२ गते जिल्ला प्रहरी कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत ५२ बर्षिय माेहन प्रसाद मैनालीकाे गाेली हानी हत्या गरेका थिए।त्यसअघि २०५७ भदाै १२ गते पर्साकै विन्दबासिनी गाँउपालिका ४ का ३०कर्षिय देवेन्द्र यादवकाे घरमा डकैती गर्ने क्रममा गिरीसहितकाे डाँका समुहले यादवकाेपनि गाेली हानी हत्या गरेका थिए।मैनाली र यादवकाे हत्या गर्ने गिरी हातहितयार तथा खरखजाना मुद्दाकापनि फरार अभियुक्त रहेका थिए।
दुई व्याक्तिकाे हत्या, डाँका मुद्दा र हातहितयार तथा खरखजाना मुद्दामा अदालतबाट दाेषी ठहर भई सजाय समेत ताेकिसकिएका गिरी भारतकाेपनि विभिन्न स्थानमा भएका हत्या,चाेरी,डँकैती लगायतका अपराधिक कृयाकलापमा संलग्न थिए।लामाे समयदृखि नेपाल प्रहरीको सर्वाधिक खाेजी (माेस्ट वान्टेड) काे सुचीमा रहेका गिरीलाई प्रहरीले आइतबार पक्राउ गरेकाे हाे।
विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट आइतबार खटिएको प्रहरी टाेलीले बलुवास्थित आफ्नै घरमा लुकिछिपी बसेकाे अवस्थामा गिरीलाई पक्राउ गर्न सफल भएकाे प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।
पक्राउ गरिएका गिरीलाई जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा राखेर उनिविरुद्ध पर्सा जिल्ला अदालतबाट म्याद थप अनुमति लपई थप अनुसन्धान गरिरहेकाे थापाले जानकारी दिए।

Related posts

यमपञ्चककाे चाैथाे दिन आज गाई तिहार मनाइदै

MadhesKhabar

मुस्लिमको ‘दाहा’ मा डिजे र हातियारको प्रदर्शन निषेध, बालबालिकालाई सहभागी नगराउने सहमति

MadhesKhabar

मधेसकै रोल मोडेल बुहारी निर्मला: गाँउमै चलाउदै छिन् दुइ वटा उधोग

MadhesKhabar

Leave a Comment