Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

वीरगन्जको घडिअर्वामा आजदेखि गणेश चतुर्थी महाेत्सव सुरु

वीरगन्ज,२२भदाैं:विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी आज(शनिबार ) गणेश चतुर्थी व्रत मनाइँदै छ ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त छ ।हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका ब्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

यसैबिच वीरगन्ज महानगरपालिका वडा नम्बर १० घडिअर्वामा आजदेखि गणेश चतुर्थी महाेत्सव सुरु भएकाे छ ।

घडीअर्वास्थित रामजानकी मन्दिर परिसरमा सजाइएकाे आकर्षक टेण्टपण्डालमा भगवान् गणेशकाे मुर्ति स्थापना गरी पूजापाठ गरेर गणेश चतुर्थी महाेत्सव शुभारम्भ गरिएको हाे ।गणेश भगवानकाे मुर्ति अगाडि १५१ किलाेकाे लड्डुपनि राखिएको छ ।

जय गणेश झन्कार मण्डल परिवार र जय गणेश पूजा सञ्चालक समितिकाे संयुक्त आयाेजनामा सुरु गरिएको गणेश चतुर्थी महाेत्सवमा ५ दिनसम्म बेलुकी सन्ध्या आरति,महाप्रसाद वितरण ,अखण्ड ज्याेति, भजनकिर्तन र धार्मिक सांस्कृतिक कार्यक्रम आयाेजना गरिने महाेत्सव आयाेजक समितिका अध्यक्ष मदन प्रसाद कलवारले जानकारी दिए ।उनका अनुसार,धार्मिक सांस्कृतिक कार्यमका लागि भारतकाे काेलकता,माेतीहारीका कलाकारहरुलाई बाेलाइएकाे छ।

Related posts

वन तथा वातावरणको क्षेत्रमा नमुना काम गरेर देखाउछु : मन्त्री यादव

MadhesKhabar

विकास र समृद्धिका लागि युवा उद्यमशीलताको आवश्यकता– उपमेयर आलम

MadhesKhabar

वीरगन्जका पूर्व मेयर सरावगीले छाडे एमाले, अब फेरि जसपामा फर्किने चर्चा !

MadhesKhabar

Leave a Comment