Madhes Khabar
स्थानिय हेडलाइन

बाराकाे चुरियामाईमा बस दुर्घटना हुदाँ ७ जनाकाे मृत्यु ,१९ जना घाइते

वीरगन्ज ,७भदाैं: बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा बुधबार राति तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।

काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस चुरियामाई मन्दिर नजिक सडकबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेर दुर्घटना भएको हो।

मृत्यु हुनेमा ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।

प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीय श्रीकान्त चतुर्वेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवी र महोत्तरीको लोहारपटी- ५ का ४१ वर्षीय विजयलाल पण्डित रहेका छन्।

उक्त बसमा चालकसहित २७ जना यात्रु सवार थिए। तीमध्ये १९ जना घाइते भएका छन्।

घाइतेहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसका चालक भने फरार रहेका छन्।

प्रहरीले बस चालकको खोजी कार्य गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Related posts

पर्साको मुसहरवस्तीका २०० बालबालिकालाई शैक्षिक सामग्री सहयोग

MadhesKhabar

पाँच बर्षदेखि हराएका बाराका दुई महिलाकाे काेलकाताबाट उद्धार

MadhesKhabar

भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउन सकृय बन्दै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment