Madhes Khabar
समाचार

वीरगन्जका विभिन्न स्थानबाट साइकल चोरी गर्दै आएका युवक पक्राउ

वीरगन्ज, १७ जेठ : वीरगन्जका विभिन्न स्थानबाट श्रृंखलाबद्ध रुपमा साइकल चोरी गर्दै आएका एक युवकलाई प्रहरीले चोरी गरिएको ५ थान साइकलसहित पक्राउ गरेकोछ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवाका २६ वर्षीय लाल महमद अन्सारी रहेका छन ।

प्रहरीका अनुसार, वीरगन्ज महानगरपालिका वडा नम्बर १५ स्थित नेशनल मेडिकल कलेजभित्र पार्किङ गरि राखिएको बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकाका २२ वर्षीय बिशाल साहको साइकल जेठ १३ गते चोरी भएको थियो ।
उक्त साइकलका धनीले दिएको निवेदनका आधारमा प्रहरीले खोजी गर्ने क्रममा सीसी टी.भी. फुटेजको आधारमा त्यसमा संलग्न अन्सारीलाई शनिबार राति रामगढवाबाट चोरीका अन्य ४ वटा थप साइकलसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ गरिएका अन्सारीविरुद्ध चोरी सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Related posts

दलित बस्तीमा शिक्षाको जागरण ल्याउने ‘महुवनका मनोज सर’

MadhesKhabar

आफैँले चलाएको ट्रयाक्टर पल्टिँदा चालक साहको मृत्यु

MadhesKhabar

वीरगन्जमा श्राेत नखुलेकाे ६ लाख नगदसहित एक भारतीय पक्राउ

MadhesKhabar

Leave a Comment