Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

भाेजपुरी प्रतिष्ठान वीरगन्जले पनि मनायाे धाेती दिवस:आधुनिकतामा लागेर आफ्नो भाषा, संस्कृति र पहिचान नभुल्न आग्रह

वीरगन्ज,१७पुस:आफ्नो भाषा,संस्कृती र पहिचान जोगाउन पहिला आफुपनि संस्कारी बन्न आवश्यक रहेकोमासरोकारवालाहरुले जोड दिएका छन् ।

वीरगन्ज महानगरपालिकाद्वारा स्थापित भोजपुरी प्रतिष्ठान वीरगन्जले बुधबार राष्ट्रिय धाेती दिवसका अवसरमा आयोजना गरेको छलफल कार्यक्रमा सहभागीसरोकारवालाहरुले यस्तो बताएका हुन् ।कक्षा ९ र १० का विद्यार्थीहरु सहभागी कार्यक्रममा प्रमुख अथिती सिद्धार्थ माविका प्राध्यानाध्यापक विनोद मेहताले आफ्नो भाषाका कविता,लेखरचना र गायन मार्फत आफ्नो भाषा , संस्कृतीको जगेर्ना गर्नुपर्नेमा जोड दिए।

उनले भने,`हामी एउटै समाजमा विभिन्न किसिमका भाषा,संस्कृती , रहन सहन भएकाहरु बसोबास गर्ने सामाजिक प्राणी हौँ । एकले अर्काको भाषा , संस्कृतीप्रति सद्भाव राख्नुपर्छ ।हाम्रा पुर्खाहरुले हामीलाई अमानतको रुपमा दिएको आफ्नो संस्कृति पनि बिर्सिनुहुँदैन।´

आधुनिक युग र नयाँ जमानाको बाहानामा आफ्नो भाषा , संस्कृति र पहिचानलाई लत्याउँदै अगाडी बढ्न खोजे पछि गएर समाजमा आफ्नो पहिचान नै गौण भएर जाने उनले बताए।उनले भने,` भोजपुरी भाषा हाम्रो गौरव हो ।स्थान,समय तथा अवस्था अनुसार अरु भाषा सिक्नुपर्ने हाम्रो जरुरत र बाध्यता हो भने भोजपुरी भाषा हाम्रो गौरव हो र धोती लगाउनु हाम्रो लागि शानको कुरा हो।´

भोजपुरी प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ साहित्यकार प्रमोद पाण्डेले सबै भाषा सिक्नुपर्ने तर सिकाईको बाहानामा आफ्नै मातृभाषा भोजपुरी बोल्न लजाउन नहुने बताए।उनले भने,` मेरै कुरा गर्ने हाे भने म आफैंले अंग्रेजी भाषामा लेखेकाे व्याकरण पुस्तक हाल देशको ६० प्रतिशत भुभागमा पढाइन्छ।याे मेरो लागि गर्वको कुरा हो ।तर त्यो भन्दैमा मैले मेरो मातृभाषा र धोती दिवस अर्थात धोती लगाउन बिर्सिएको छैन।´

उनले अंग्रेजी नयाँ वर्षका दिन राष्ट्रिय पोशाक दिवसमा टोपी र धोती दिवसको आआफ्नै महत्व रहेकोले सबैले आआफ्नो संस्कृति अनुसार यस दिनलाई स्मरण गर्नुपर्ने बताए।

कार्यक्रममा भाेजपुरी प्रतिष्ठानका कार्यकारीणी सदस्य आमोद गुप्ताले आफ्नो कविता र गायन मार्फत धोती दिवसमा धोती पहिरनको महत्वबारे चर्चा गरेका। साथै धोती लगाउने तरीकाबारे पनि प्रत्यक्ष रुपमा उनले एक जना विद्यार्थीलाई लगाइदिएर सिकाएका थिए।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा कन्या माविकी प्राध्यानाध्यापिका अनिता साहले पनि आफ्नो गजल र कविता मार्फत धाेति दिवसकाे उदेश्य बारे जानकारी गराइन् ।उनले विद्यार्थीहरु माझ आफ्नो भाषा , संस्कृतीबारे केही विचार राख्न पाउँदा आफु हर्षित भएको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिनेपनि बताईन्।

साहकै अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थ माविका शिक्षकहरु , विद्यार्थी,प्रतिष्ठानका सदस्य लगायतकाको सहभागिता रहेको थियो।

कार्यक्रमको संचालन माधुरी महतो तथा सहजीकरण श्याम सरार्फ र प्रतिष्ठानका कार्यसमितिका सदस्य अमित अग्रवालले गरेका थिए ।

Related posts

नेपालमा कोरोनाको चौथो लहरको एक महिनामा कोरोनाबाट ३६ जनाको मृत्यु

MadhesKhabar

वीरगन्जको कोनियामा किसानलाई कृषि उपकरण वितरण

MadhesKhabar

भूमाफीयाले कब्जा गरेको अरबौं मूल्यको जग्गा वीरगन्ज महानगरको प्रयासले सरकारको नाममा कायम

MadhesKhabar

Leave a Comment