Madhes Khabar
राजनीति

जसपा परित्याग गरेका सिपु तिवारी सहित २६ जना माओवादीमा प्रवेश

मधेसखबर
वीरगन्ज,२३ भदौं : जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका केन्द्रिय सदस्य मुरली मनोहर तिवारी (सिपु) सहित २६ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

पर्साको कालीकामाइ गाँउपालिका ५ बिरन्चीबर्वा निवासी तिवारी सहित २६ जनाले जसपा परित्याग गरेको दुइ दिन पछि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।काठमाण्डौमा आयोजित एक कार्यक्रममा उनिहरुलाइ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।

यसअघि गत मङगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै तिवारीले जसपाको नेतृत्व तहमा स्वेच्छारिता , निरकुंशता र एकलौटी ढंगबाट पार्टी सन्चालन गर्ने प्रवृति बढेकाले आफुहरुले सामुहिक रुपमा जसपाबाट राजीनामा दिएको बताएका थिए ।

साथै उनले पार्टीमा बढ्दै गएको बेथिती र विकृती बारे नेतृत्वलाइ पटक पटक बैठक र छलफलका माध्यमले ध्यानाकर्षण गराएको भएपनि समस्या सामधानको सट्टा नेतृत्व तह सत्ता स्वार्थमा मात्रै केन्द्रित भएकाले बाध्य भएर आफुहरुले राजनीनामा दिनु परेको बताएका थिए ।

तिवारीसंगै जसपा परित्याग गरि माआोवादीमा प्रवेश गर्नेहरुमा रन्जन साह , लक्षमण साह , चोकट महत्तो , अलाउदिन मियाँ , जबर अली , अनुपमा तिवारी , रामकलश साह , जाकिर हुसैन , गम्भिरा साह , अमरेश कुशवाहा , पन्नालाल साह , आमीर हवारी , सत्रुधन सहनी , विवेक गुप्ता गरि २६ जना रहेका छन् ।

जसपा परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका सिपु तिवारीलाइ माओवादी केन्द्रले पर्साको निर्वाचन क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेशसभा सदस्य प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस गरेको छ ।

Related posts

स्वतन्त्र उम्मेद्वार रुपेशमान प्रति मतदाताको समर्थन बढ्दै

MadhesKhabar

राष्ट्रिय युवा संघकाे मधेस प्रदेश अध्यक्षमा लव अधिकारी

MadhesKhabar

सिके राउतको पार्टीसंग एकता गर्न लागेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

MadhesKhabar

Leave a Comment