Madhes Khabar
राजनीति

देश जलाउनेहरुका बारेमा जनताले यहि चुनावमा इन्साफ गर्नेछन् : पूर्वमन्त्री अजय चौरसिया

वीरगन्ज,२६माघःपर्सा क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले जनतालाई रैतिबाट मालिक बनाउने काम कांग्रेसले नै गरेको बताएका छन् ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १ बजार छपकैयामा सोमबार आयोजित कांग्रेसको वडास्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्रीसमेत रहेका चौरसियाले कांग्रेस देश र नेताहरुको घर जलाउने पार्टी पनि नभएको बताए । उनले भने,‘ जेनजी आन्दोलनमा घुसपैठ गरेर देश जलाउने को थिए ? सर्वोच्च अदालत, सिंहदरबार, पार्टी कार्यालयहरु, नेताका घरहरु जलाउने को थिए ? ती जेनजीहरु पक्कै थिएन् । उनिहरु घु्सपैठीया थिए । देश जलाउनेहरुलाई जनताले चिनिसकेका छन् । यसको इन्साफ जनताले यहि चुनावमा गर्नेवाला छन् ।’

कांग्रेस उम्मेदवार चौरसियाले देश जलाउने र जलाएकोमा खुशीयाली मनाउनेहरुले अहिले देशलाई समृद्ध बनाउने भाषण गर्दै हिड्नु हास्यास्पद भएको टिप्पणी गरे ।

कांग्रसका बुथ सभापति विजय सहनीको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशका कृषिमन्त्री श्याम पटेल, कांग्र्रेस पर्साका उपसभापति अशोक गुप्ता,वीरगन्ज महानगरका कांग्रेसका पूर्व सभापति भोला कलवार, बहुदरमाई नगरपालिकाका पूर्वमेयर नितेन्द्र साह, वडाध्यक्षका पूर्व प्रत्याशी ओमी गुप्ता लगायतकाको पनि सहभागिता थियो ।

Related posts

देउवा पक्षको कारबाहीपछि विश्वप्रकाशको प्रतिक्रिया :कांग्रेस र देशलाई बदल्ने प्रयासमा गगन र म दृढ छौँ

MadhesKhabar

जसपाका उपमहासचिव प्रदीप यादवले भने : नेकपासंग पार्टी एकताकाे च्याप्टर क्लाेज भयाे

MadhesKhabar

उपराष्ट्रपतिमा रामसहायलाई समर्थन गर्दै प्रमिलाको उम्मेदवारी फिर्ता

MadhesKhabar

Leave a Comment