Madhes Khabar
स्थानिय हेडलाइन

घुस लिने बारा मालपोत कार्यालयका कर्मचारी र बिचौलिया अख्तियारको फन्दामा

सांकेतिक तस्वीर

मधेसखबर
वीरगन्ज ,१९ चैत : सेवाग्राहीसंग घुस रकम लिएको आरोपमा बाराको मालपोत कार्यालयका एक कर्मचारी सहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा कलैया स्थित मालोपत कार्यालय बाराको राजश्व फाँटका कर्मचारी रामविश्वास साह कानु र लेखापढी व्यवसायी गौरीशंकर कुशवाहा रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाबाट खटिएको टोलस्ले सेवाग्राहीसंग १५ हजार रुपैयाँ घुस लिएको आरोपमा घुस रकमसहित कानु र कुशवाहालाई पक्राउ गरेको अख्तियारको हेटौडा स्थित कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

उनका अनुसार , जग्गा रजिष्ट्रेसन पास गराइदिने भन्दै एक सेवाग्राहीसँग आइतबार अपरान्ह कार्यालय छेउकै एक पसलमा १५ हजार रुपैया घुस लिदैं गरेको अवस्थामा ती दुवैलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

घुस रकम सहित पक्राउ परेका दुवैलाई आइतबार हेटौंडा स्थित कार्यालयमा राखेर सोमबार काठमाडौं स्थित आयोगमा पुरयाएर बुझाइने जानकारी पनि सापकोटाले दिए ।

 

Related posts

पर्सा प्रहरीको ठूलाे सफलता : वीरगन्जमा अहिलेसम्मकै धेरै ब्राउन सुगरसहित ४ काराेबारी पक्राउ

MadhesKhabar

संघिय सांसद यादवद्वारा बीरगन्जको राधेमाईमा नवनिर्मित रामजानकी मन्दिरको उद्घाटन

MadhesKhabar

बारा ४ का सांसद मियाँ लाेसपा छाडेर एमाले प्रवेश

MadhesKhabar

Leave a Comment