Madhes Khabar
साहित्य

कानु समाज पर्साको जिल्ला अधिवेशन जेठ १५ गते पोखरियामा

वीरगन्ज,१८बैशाख : कानु समाज नेपाल पर्साको जिल्ला अधिवेशन आगामी जेठ १५ गते हुने भएको छ । जेठ १५ गते जिल्ला अधिवेशन पोखरीयामा गर्ने निर्णय गरिएको कानु समाज पोखरिया नगर कार्यसमितिका कोषाध्यक्ष शैलेश साह कानुले जानकारी दिए ।
सोमबार पोखरीयामा बसेको कानु समाजको जिल्ला र नगरकार्य समितिले जेठ १५ गते पोखरिया ४ मा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको उनले बताए । कानु समाज पर्साका अध्यक्ष रामबाबु साह कानुको अध्यक्षतामा बसेको बैठकले जिल्ला अधिवेशनका लागि जिल्लाका १४ वटै पालिकाका हरेक वडामा विभिन्न माध्यमबाट जिल्ला अधिवेशनका बारेमा जानकारी गराउन प्रचार पैसार गर्ने निर्णय पनि गरेको कानुले जानकारी दिए ।

सोमबारको बैठकमा जिल्ला उपाध्यक्ष प्रवेन्द्र साह कानु , सचिव वीरेन्द्र साह कानु , कोषाध्यक्ष शीवनाथ साह कानु , पोखरिया नगर कार्य समितिका अध्यक्ष लक्ष्मण साह कानु, सचिव मुखी साह कानु , कोषाध्यक्ष शैलेश साह कानु लगायतको पनि सहभागीता थियो ।

 

Related posts

वीरगन्जमा आयोजित ‘मधेस साहित्य महोत्सव’ मा देशभरका साहित्यकार र सर्जकहरुको जमघट

MadhesKhabar

वीरगन्जमा उल्लाशमय माहौलका साथ भोजपुरी कवि गोष्ठी सम्पन्न

MadhesKhabar

भोजपुरी मुक्तक संग्रह ‘सेमर के फूल’ वीरगन्जमा गरियो सार्वजनिक

MadhesKhabar

Leave a Comment