Madhes Khabar
राजनीति

बर्दिवास नगरपालिकाका मेयर कार्की कांग्रेसमा प्रवेश

वीरगन्ज ,१६बैशाख : महाेत्तरीकाे बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कार्की नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

गत स्थानीय तहकाे निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका कार्की बर्दिवास नगरपालिकाकाे मेयरमा निर्वाचित भएका थिए ।

शनिबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवाकाे निवासमा कार्की देउवाकै हातबाट खादा र टीका लगाएर कांग्रेसमा प्रवेश गरेका हुन् ।

त्यसअवसरमा कांग्रेस केन्द्रीय सदस्य एंव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल,कांग्रेस सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्य आनन्द ढुंगाना, मधेस प्रदेश सभापति कृष्ण यादव, सांसद महेन्द्र राय यादव लगायतको पनि उपस्थिति थियाे ।

Related posts

अनेरास्ववियुको केन्द्रिय सदस्यमा वीरगन्जका आसिफले पनि दिए उम्मेदवारी

MadhesKhabar

वीरगन्ज आएर पूर्वप्रधानमन्त्री नेपालले भने : गठबन्धन सरकार पाँच वर्षसम्म टिक्छ

MadhesKhabar

बारामा रास्वपाको तेस्रो जित, क्षेत्र नं. १ मा धिमाल विजयी

MadhesKhabar

Leave a Comment