Madhes Khabar
राजनीति

अनेरास्ववियुको केन्द्रिय सदस्यमा वीरगन्जका आसिफले पनि दिए उम्मेदवारी

वीरगन्ज,२८जेठःनेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)को केन्द्रिय सदस्यमा आसिफ अहमदलेपनि उम्मेदवारी दिएका छन् ।

काठमाडौंमा जारी अनेरास्ववियुको २४औ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि बुधबार निर्वाचन प्रकृया सुरु भएको ंछ ।आसिफ,वीरगन्ज महानगरपालिका वडा नम्बर २ का स्थायीबासिन्दा हुन् ।उनि हाल अनेरास्ववियुका वीीरगन्ज महानगर कमिटी अध्यक्षपनि हुन् ।

पर्साका आसिफ अहमदले मधेस प्रदेशको भूगोल तर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। विगत डेढ दशकदेखि निरन्तर विद्यार्थी राजनीतिमा सक्रिय अहमदले संगठनमा आफ्नो नेतृत्व क्षमता र जनस्तरको समर्थनलाई आधार बनाउँदै केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी दिएको बताएका छन्।

Related posts

बारा २ मा चलेन रास्वपाको जादु , एसपी खरेलको जमानत समेत जफत

MadhesKhabar

उद्योगमन्त्री रिजाललाई सिमरा विमानस्थलमा भव्य स्वागत

MadhesKhabar

एमालेबाट निर्वाचित मेयर आम जनता पार्टीमा प्रवेश

MadhesKhabar

Leave a Comment