Madhes Khabar
राजनीति

उद्योगमन्त्री रिजाललाई सिमरा विमानस्थलमा भव्य स्वागत

वीरगन्ज,३बैशाख : नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । मन्त्री भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला पर्सा आउने क्रममा आइतबार सिमरा विमानस्थलमा नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले मन्त्री रिजाललाई भव्य स्वागत गरेका हुन् ।

काठमाण्डौबाट हवाइमार्ग हुदै सिमरा विमानस्थलमा आइपुगेका मन्त्री रिजाललाई विमानबाट उत्रिएलगत्तै कांग्रेस नेता कार्यकर्ताहरुले फुलमाला र खादा लगाएर स्वागत गरेका हुन् ।

मन्त्री रिजाललाई स्वागत गर्न सिमरा विमानस्थलमा कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , उपसभापति रामनारायण कुर्मी , प्रदेशसभा सदस्य श्याम पटेल , कांग्रेस नेता अनिल रुंगटा , राकेश सिंह , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम , कांग्रेसका जिल्ला सहसचिव नवीन सिंह , क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , श्रीकान्त यादव , नेपाल तरुण दल पर्साका अध्यक्ष विकास तिवारी , बलिष्टर अहमद , धर्मराज यादव लगायतका नेता कार्यकर्ताहरु पुगेका थिए ।

मन्त्री रिजाल , सिमरा विमानस्थलबाट सिधै आफनो जन्मोथलो पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मसिहानी स्थित निवासका लागि प्रस्थान गरेको उनका स्वकीय सचिव राकेश यादवले जानकारी दिए । यादवका अनुसार , मसिहानी स्थित निवासमा आइतबार नै कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । यस्तै मंगलबार वीरगन्जमा नेपाली कांग्रेस पर्साले मन्त्री रिजालको स्वागत तथा सम्मानमा भव्य कार्यक्रम आयोजना गरेको जिल्ला सहसचिव सिंहले जानकारी दिए ।

Related posts

मंसिर ४ को निर्वाचनमा पनि गठबन्धनमा जाने सहमति

MadhesKhabar

भ्रष्टहरुलाई नलखेटेसम्म विश्राम लिन्नौं : रवि लामिछाने

MadhesKhabar

पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

MadhesKhabar

Leave a Comment