Madhes Khabar
राजनीति

भ्रष्टहरुलाई नलखेटेसम्म विश्राम लिन्नौं : रवि लामिछाने

फाइल फाेटाे

काठमाडौं, १३जेष्ठ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरुलाई नलखेटेसम्म विश्राम नलिने बताएका छन् ।शनिबार रास्वपाको ललितपुर महानगर समितिको भेलामा सभापति लामिछानेले नेपाली जनताले भ्रष्टाचार निर्मूल पार्नु प¥यो भनेर घण्टी बजाएको बताए ।

भोट हाल्न अरु नेता नभएर होइन, पार्टी नभएर होइन । भ्रष्टाचार चाहिँ निर्मूल पार्नु प¥यो भनेर जनताले घण्टी बजाएका हुन्,’ उनले भने, ‘जतिसुकै घेराबन्दी होस्, भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं ।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धानमाथि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको बताए । संसदीय विशेष समिति बनाएर यसमा संलग्नहरुलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने उनले बताए । साभार :अनलाइनखबर

 

Related posts

पर्सापछि सप्तरीमा पनि फुट्यो जसपा, समानान्तर कमिटी गठन

MadhesKhabar

वीरगन्जमा आज दलहरुले मशाल जुलुश निकाल्दै

MadhesKhabar

मन्त्री भएपछि पर्साबासीको शीर ठाडो पार्ने गरी काम गरेको छु :खानेपानीमन्त्री यादव

MadhesKhabar

Leave a Comment