Madhes Khabar
राजनीति

दलित अधिकार र सशक्तिकरण मेरो पहिलो प्राथमिकता हो : कांग्रेस उम्मेदवार अनिल रुंगटा

वीरगन्ज,२१माघः पर्सा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटाले दलित समुदायका अधिकार र सशक्तिकरणका लागि आँफुले काम गर्ने बताएका छन् । फागुन २१ के निर्वाचनलाई लक्षित गरि पर्सा–१ म नेपाल दलित संघ पर्साले ले आयोजना गरेको कार्यक्रममा उनले दलित समुदायको हक–अधिकार, सहभागिता र सशक्तिकरणका लागि निरन्तर काम गर्दै आएको बताए ।

रुंगटाले दलित समुदायका समस्या, गुनासा र अपेक्षा आफ्नो पहिलो प्राथमिकतामा रहने स्पष्ट पारे। “मैले विगतमा पनि दलित समुदायलाई विशेष प्राथमिकतामा राखेर काम गरेको छु, र आगामी दिनमा अझ प्रभावकारी रूपमा दलितको हक, अधिकार र अवसर सुनिश्चित गर्न प्रतिबद्ध छु,” उनले भने। दलित समुदायको शिक्षा, रोजगारी, सामाजिक न्याय र समावेशी विकासका सवालमा आफू कहिल्यै पछि नहट्ने उनको भनाइ थियो।

दलित संघ पर्साका अध्यक्ष बुनेल रामको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका पूर्व सभापति अजय कुमार द्विवेदी, कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी ,क्षेत्रीय सभापति अरबिन्द गुप्ता, लक्ष्मण हजरा, कृष्ण राम, शर्मा सरभंग, किरण सरकार लगायतकाको पनि सहभागिता थियो । कार्यक्रमको सहजीकरण शेष हजराले गरेका थिए।

Related posts

बजेट ल्याइएको हाेइन , लुटिएको हाे : सिके राउत

MadhesKhabar

गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेनले सम्हाल्ने

MadhesKhabar

पर्साबाट जसपाले गरेको उम्मेदवार सिफारिसमा को को परे ?

MadhesKhabar

Leave a Comment