काठमाडौं,२४बैशाख :जसपा नेपालका प्रतिनिधी सभा सदस्य (सांसद) दीपक कार्कीले आँफु अध्यक्ष उपेन्द्र यादवकै समर्थनमा रहेको छन् । कार्की संघीय सरकारमा वन तथा वातावरण राज्य मन्त्री छन् ।
सोमबार कार्कीको सचिवालयले एक प्रेस विज्ञप्ति नै जारी गरेर कार्की अध्यक्ष उपेन्द्र यादव पक्षतिरै रहेको जनाएको छ । उक्त प्रेस विज्ञप्तिमा भनिएको छ– माननीय दीपक कार्कीको बारेमा विभिन्न सञ्चारमाध्यमका समाचार मार्फत भइरहेका भ्रामक खबरप्रति सचिवालयको गम्भी ध्यानाकर्षण भएको छ । उहाँ जनता समाजवादी पार्टीको संस्थापन पक्षमा यथावत रहीरहनु भएको र अन्यत्र भनेझैं कुनै गुट वा दलसँग आबद्ध नरहेको जानकारीका लागि अनुरोध छ ।’
यसअघि आइतबार जसपा नेपालका अशोक राई , प्रदीप यादवसहितका साठ जना संघीय सांसदले पार्टी विभाजन गर्दै नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए । नयाँ दल दर्ता गराएका सांसदहरुले सांसद कार्कीपनि आफुहरुको साथमा रहेको बताएका थिए ।


