Madhes Khabar
राजनीति

कांग्रेस सांसद चौरसियाको प्रश्न :शहरी विकास मन्त्रालयको बजेट पर्सा र वीरगन्जमा थोरै किन ?

काठमाडौं,३१जेष्ठः पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य (सांसद) अजयकुमार चौरसियाले शहरी विकास मन्त्रालयको बजेट असन्तुलित रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा शहरी विकास मन्त्रालयको विविध खर्चमा २२ लाख राखिएको र शीर्षक किटान नगरिएको भन्दै उनले भने, ‘‘जसरी बजेटमा स्वइच्छाचारित छ यस्तो (शीर्षक विनाको रकम)ले आर्थिक स्वइच्छाचारिता अझ बढ्छ ।’

कांग्रेस सांसद चौरसियाले शहरी विकास मन्त्रालयले बजेट असमान रूपमा वितरण गरेको आरोप लगाए। ‘सबैभन्दा कम बजेट मधेसमा दिइएको छ ।

मधेसको पनि पर्सा र विरगन्जमा साह्रै न्यून छ । यो असन्तुलन किन ?’ उनको प्रश्न थियो ।शहरी विकास मन्त्रालयको बजेट असन्तुलित बजेटको एक उदाहरण रहेको उनले बताए ।

Related posts

पर्सामा काँग्रेसले खोल्यो जितको खाता , प्रदेशसभा सदस्यमा पटेल निर्वाचित

MadhesKhabar

कांग्रेसलाई एकजुट बनाउनुपर्छ, त्यसका लागि सबैभन्दा बढी भूमिका मैले खेल्छु: गगन थापा

MadhesKhabar

गगन थापा सर्लाही नजाने , काठमाडौं ४ बाटै लड्ने

MadhesKhabar

Leave a Comment