Madhes Khabar
राजनीति

मधेस आन्दोलनका शहिदको सालिकमा जसपा अध्यक्ष राई, मन्त्री यादव र मेयर सिंहद्धारा माल्यार्पण

वीरगन्ज, ५ माघ : मधेसी जनताकाे पहिचान र अधिकारका लागि आफ्नो ज्यानकाे आहुँती दिने मधेश आन्दोलनका सहिदहरुको सालिकमा जनता समाजवादी पाटी (जसपा) का केन्द्रीय अध्यक्ष अशोक राई, संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादव,वीरगन्ज महानगरका मेयर राजेशमान सिंह लगायतले माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बलिदानी दिवसका दिन आज(शनिबार )वीरगन्जमा मधेस आन्दोलनका सहिदहरुको सालिकमा अध्यक्ष राई, जसपाका उपमहासचिव समेत रहेका नेपाल सरकारका खानेपानीमन्त्री यादव र वीरगन्जका मेयर सिंहले माल्यार्पण गरेका हुन् ।वीरगन्जको घण्टाघरमा रहेको सहिदहरुको सालिकमा अध्यक्ष राई तथा मन्त्री यादवले बिहान माल्यार्पण गरेको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिए ।

कार्यक्रममा पुर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, बहुदरमाई नगरपालिकाका मेयर सिहासन सा तेलीका साथै जसपाका नेताकार्यकर्ताहरुकाे पनि उपस्थिति रहेकाे थियाे।

पहिलाे,दाेस्राे र तेस्रो मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शाहदत प्राप्त गरेका शहिदहरुकाे स्मृतिमा माघ ५ गतेलाई मधेस केन्द्रित दलहरुले बलिदानी दिवसका रुपमा मनाउँदै आएका छन्।

Related posts

पर्सा– २ मा पूर्व सांसदसहित २८ जनाको जमानत जफत

MadhesKhabar

मधेसका कांग्रेसी कार्यकर्ता सामु सभापति देउवाको प्रतिबद्धता : ८४ को निर्वाचनमा गठबन्धन हुँदैन

MadhesKhabar

चितवन २ मा रवि लामिछाने सानदार मतका साथ विजयी

MadhesKhabar

Leave a Comment