Madhes Khabar
अर्थतन्‍त्र

भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न सकिने

काठमाडौं,१४माघःवाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवदेन माग गरेको छ। विभागले सोमबार एक सूचना जारी गर्दै भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन माग गरेको हो।

विभागका अनुसार भारतबाट गहुँ आयात गर्न इच्छुक कम्पनी वा फर्मले सात दिनभित्र विभागमा आवेदन दिनुपर्नेछ।त्यस्ता कम्पनीले न्यूनतम १ सय मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्म गहुँ आयात गर्न सक्नेछन्। निवेदन हाल्ने कम्पनिले आफूले आयात गर्ने परिमाण आवेदनमा स्पष्ट खुलाउनु पर्नेछ।

अनुमति प्राप्त गरेका कम्पनीले कोटा प्राप्त भएको मितिले तीन महिनाभित्र गहुाँ आयात गरिसक्नु पर्ने विभागले बताएको छ।
गहुँ आयात गर्न नसक्ने भएमा अनुमति प्राप्त भएको मितिले पन्ध्र दिनभित्र विभागलाई जानकारी दिनुपर्ने उक्त सूचनामा उल्लेख छ।

 

Related posts

सुनकाे मुल्यमा नयाँ रेकर्ड कायम : ताेलाकाे १ लाख ६ हजार ३ सय

MadhesKhabar

सुनको भाउमा नयाँ रेकर्ड, अहिलेसम्मकै महँगो

MadhesKhabar

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण ।

MadhesKhabar

Leave a Comment