Madhes Khabar
राजनीति

वीरगन्ज ३ मा जसपाको क्लीन स्वीप,जसपाका बैजु पुन वडा अध्यक्षमा विजयी

मधेसखबर
वीरगन्ज, ०५ जेठ :
वीरगन्ज महानगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा जसपाका बैजुलाल स्वर्णकाल पुन दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । वडा नम्बर ३ मा वडा अध्यक्ष सहित सबै सदस्य पदमा जसपाका उम्मेदवार निर्वाचित भएका हुन् ।
वडाअध्यक्षमा स्वर्णकार १५७० मतका साथ विजयी भएका हुन् । निकटतम पप्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार अनवर हुसेनलाइ ४१२ मत अन्तरले पराजित गर्दै स्वर्णकार वडा अध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचिन अधिकृत धर्मराज पौडेलले जानकारी दिए ।
स्वर्णकारले १५७० मत पाउदा काँग्रेसका उम्मेदवार हुसेनले ११५८ मत पाएका छन् । यस्तै एमालेका सुशील कुमार कण्ठले भने १०० मत मात्रै पाएका छन् ।

Related posts

बागीलाई काँग्रेसको कारबाही : द्विवेदी , पटेल र चौधरी पार्टीबाट निष्काशीत

MadhesKhabar

मधेस प्रदेशका ५ सांसदलाई तत्काल पदमुक्त नगर्न सर्वोच्चको आदेश

MadhesKhabar

जसपा छाडेर माओवादीमा गएका पर्साका नेताहरु एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment