Madhes Khabar
स्थानिय हेडलाइन

गलत समाचार लेखेर जनतामा भ्रम फैलाउने काम नगर्न पत्रकारहरुसंग वीरगन्जका मेयर सिंहकाे आग्रह

वीरगन्ज,१०कार्तिक:वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गलत समाचार सम्प्रेषण गरेर जनतामा भ्रम फैलाउने काम नगर्न पत्रकारहरुसंग आग्रह गरेका छन्।

 

वीरगन्जमा सञ्चालनमा आएकाे रेडियो सिमाञ्चल ९५.१ मेघाहर्जकाे शनिबार आयाेजित समुद्घाटन कार्यक्रममा बाेल्दै मेयर सिंहले नेता र जनप्रतिनिधिलाई सुझाव दिने पत्रकारले ती सुझाव आँफुमापनि लागू गर्नुपर्नेमा जाेड दिए।

 

पत्रकारिता गर्नेले सकरात्मक साेच राख्न जरुरी रहेकाे भन्दै मेयर सिंहले भने,`जसरी पत्रकार र पत्रकारिता अहिले समस्यमा छन् ,वीरगन्ज महानगर चलाउनपनि त्यस्तै समस्या भइरहेको छ।याे कुरा पत्रकारलेपनि बुझिदन आग्रह गर्छु।´

वीरगन्ज महानगरले गरेका राम्रा कामकाे चर्चा मिडियाले नगरिदिदाँ आँफुलाई दु:ख लागेकाे गुनासाे उनले सुनाए ।उनले भने,`यदि मैले भ्रष्टाचार गरेकाे छु।गलत गरेकाे छु भने पत्रकारले लेख्नुस् म खुल्ला चुनाैती दिन्छु।तर लेख्न पाए भन्दैमा जेपनि लेख्ने काम नगर्नुस् ।´

पत्रकार समाजले भाेगिरहेकाे पिडाकाे आवाज बन्नुपर्ने भन्दै उनले भने,`मलाई विगतमा दुख परेका बेला साथदिनेहरु अहिले मेराे पहिलाे प्राथमिकता रहन्छन्।´आँफु कानुनी राज्य मान्ने व्याक्ति भएकाे भन्दै उनले भने,`यदि गलत गरेकै रहेछु भने सजाय भाेग्न तयार छु।´

नेपाल पाेष्ट मिडिया प्रालिका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षता तथा खानेपानी मन्त्री प्रदीप यादवकाे प्रमुख आतिथ्यता एंव वीरगन्ज महानगरका मेयर राजेशमान सिंहकाे विशिष्ट आतिथ्यतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान,मधेस प्रदेश महासचिव श्याम बन्जारा,नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा.सुबाेध गुप्ता,वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल,नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य निलिमा पाैडेल,पर्सा अध्यक्ष विजय महताे,प्रेस सेन्टरका केन्द्रीय सदस्य निरज पिठाकाेटे मगर,समाजवादी प्रेस संगठनका केन्द्रीय बृजलाल पासवान,पर्सा अध्यक्ष शम्भु कुमार सुमन,प्रेस चाैतारी पर्साका अध्यक्ष तुलसी भण्डारी,नेपाल खेलकुद पत्रकार मञ्च पर्साका अध्यक्ष तिवारी यादव लगायतकाले रेडियाेकाे सफलताका लागि शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

Related posts

वीरगन्ज १५ मा सडक निर्माणमा असहयोग गर्नेहरुको पक्की घरमा चल्यो महानगरको डोजर

MadhesKhabar

पर्सामा सवारी दुर्घटना ह्वात्तै बढ्यो : एक वर्षमा ५१ को मृत्यु, ८०४ घाइते

MadhesKhabar

रवि लमिछानेविरुद्धको मुद्दा ५ महिनाको अनुसन्धानपछि पर्सा प्रहरीले सरकारी वकिलकोमा पठायो

MadhesKhabar

Leave a Comment