Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय सेनालाई हाैंसला दिदैं मोदीले भने:आतंककारीलाई घरमै घुसेर मार्नेछौँ, कतै भाग्न दिनेछैनौँ

काठमाडौं,३०बैशाख:भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक्कासी पञ्जाब राज्यको आदमपुर एयरबेस पुगेका छन् । मंगलबार उनी आदमपुर पुगेका हुन् ।

भारत र पाकिस्तानबीच युद्धविराम भएको केही दिनपछि प्रधानमन्त्री मोदीले एयरबेसको भ्रमण गरेका हुन् । वायुसेनालाई हौसला प्रदान गर्न प्रधानमन्त्री मोदी आदमपुर पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

 

प्रधानमन्त्री मोदीको आदमपुर भ्रमणका क्रममा एउटा तस्बिर बाहिर आएको छ । उक्त तस्बिरमा मोदी एस ४०० हवाइ प्रतिरोधी प्रणाली अगाडि उभिएर सलाम गरिरहेको देखिन्छ ।

यसअघि पाकिस्तानी पक्षले भारतको एस ४०० प्रणाली ध्वस्त पारेको दाबी गरेको थियो । उक्त भ्रमणका क्रममा वायुसेनाका सैनिकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले आतंककारी मात्र नभइ आतंकवादको समर्थन गर्ने पाकिस्तानी सेनालाई पनि भारतले कडा जवाफ दिएर आफ्नो शक्ति देखाएको बताए ।

उनले पाकिस्तानमा आतंककारीहरूले शान्तिको सास फेर्न सक्ने कुनै ठाउँ बाँकी नरहेको पनि दाबी गरे । उनले आतंककारी ‘घरमै घुसेर मार्ने’ र उनीहरुलाई कतै भाग्न नदिने समेत दृढता व्यक्त गरे ।साभार:खबरहब

Related posts

पहलगाममा आक्रमण गर्ने आतंककारीबारे सूचना दिनेलाई २० लाख भारु पुरस्कार

MadhesKhabar

वीरगन्जका डाक्टर माधव यादव अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

MadhesKhabar

चन्द्रयान र सूर्य मिसन पछि अब भारतको अबको मिसन समुद्रयान !

MadhesKhabar

Leave a Comment