Madhes Khabar
अन्तर्राष्ट्रिय

लिबियामा विनाशकारी आँधी र बाढीका कारण २ हजार भन्दा बढीको मृत्यु

काठमाडौं,२६ भदौं : लिबियामा विनाशकारी आँधी र बाढीका कारण दुई हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । पूर्वी लिबिया सरकारका नेताले दुई हजारभन्दा बढी मानिसको मृत्यु भएको र हजारौँ बेपत्ता भएको बताएका बीबीसीले जनाएको छ ।

लिबिया मामिलाका विज्ञ जलेलले बीबीसीलाई बताएअनुसार मृत्यु हुनेको संख्या हजारौँ पुग्न सक्छ । गत आइतवार ड्यानियल आँधीका कारण संकट उत्पन्न भएको हो ।

आँधीलाई ध्यानमा राख्दै पूर्वी लिबियामा कर्फ्यु जारी भएको छ भने विद्यालय र पसलहरू बन्द गर्न आदेश दिइएको खबरमा उल्लेख छ । डेरनाका दुई वटा बाँध पनि भत्किएको र त्यस क्षेत्रमा झन्डै १० हजार जना मानिस बस्ने अनुमान छ । डेरनाको पूरै क्षेत्र बगेको छ ।

Related posts

पश्चिम बंगालमा भाजपा नेता झाको गोली हानी हत्या

MadhesKhabar

गर्मीका कारण भारतकाे बिहार र उडिसामा ३१ जनाकाे मृत्युु

MadhesKhabar

जी–२० सम्मेलन आजदेखि भारतमा : विश्वका शक्तिशाली राष्ट्रका नेताहरू दिल्लीमा

MadhesKhabar

Leave a Comment