Madhes Khabar
अन्तर्राष्ट्रिय

जासुसी गरेकाे आराेपमा कतारमा आठ भारतीयलाई मृत्युुदण्डकाे सजाय, भारत स्तब्ध

कतारकाे राजधानी दाेहा सहर।

काठमाडौं,१०कार्तिक:कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्ड सजाय सुनाएको घटनाबाट ‘स्तब्ध’ भएको भारतले बताएको छ।

जासुसीको आरोपमा मृत्युदण्डको सजाय पाउनेमा उच्चपदस्थ नौसैनिक अधिकारी रहेका छन्। भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमा ‘नयाँदिल्लीले कतारी अधिकारीहरूसँग निर्णय लिने’ र बन्दीहरूलाई ‘सबै कन्सुलर र कानुनी सहयोग विस्तार’ जारी राख्ने बताएको छ।

‘कतारको अदालतले आज अल दाहरा कम्पनीका आठ भारतीय कर्मचारीसँग सम्बन्धित मामिलमा फैसला सुनाएको हामीसँग प्रारम्भिक जानकारी भएको छ,’ बिहीबार जारी विज्ञप्तिमा भनिएको छ, ‘हामी मृत्युदण्डको फैसलाबाट स्तब्ध भएका छौं र विस्तृत फैसलाको प्रतीक्षा गरिरहेका छौं।’

 

खाडीस्थित कम्पनी अल दाहराले एयरोस्पेस, सुरक्षा र रक्षा क्षेत्रलाई ‘पूर्ण सहयोग समाधान’ प्रदान गर्ने उक्त कम्पनीको वेबसाइटमा उल्लेख छ। कतारका अधिकारीहरूका तर्फबाट यसबारे तत्काल कुनै पुष्टि गरिएको छैन।

भारतको विदेश मन्त्रालयले मृत्युदण्ड पाउने ती आठ व्यक्तिको कथित आरोपबारे कुनै विवरण दिएको छैन।

यो मुद्दा प्रक्रिया गोप्य प्रकृतिको भएकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन, मन्त्रालयले सबै कानुनी विकल्पहरूको खोजी गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

केही भारतीय मिडियाले भने सजाय पाउनेहरूमा पूर्वनौसैनिक अधिकारी भएको बताएका छन्। उनीहरूमा पूर्वक्याप्टेन र कमान्डर पनि छन्। उनीहरूलाई सन् २०२२ अगस्टमा दोहामा गिरफ्तार गरिएको थियो।

टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स र प्रेस ट्रस्ट अफ इन्डिया सबैले उनीहरूलाई ‘जासुसीको कथित मामिला’ मा गिरफ्तार गरिएको उल्लेख गरेका छन्।साभार:सेताेपाटी

Related posts

इजरायल-हमास युद्धमा २२ जना पत्रकारको मृत्यु ,कैंयन बेपत्ता

MadhesKhabar

महिलाको बारेमा अपमानजनक अभिव्यक्ति दिएको भन्दै बाबा रामदेव विवादमा

MadhesKhabar

गाजा सीमा नजिकका सबै सहरलाई कब्जामा लिएको इजरायली सेनाकाे दाबी

MadhesKhabar

Leave a Comment