Madhes Khabar
अन्तर्राष्ट्रिय

६ महिनामा ८७ हजारले त्यागे भारतीय नागरिकता

काठमाडौं, ६ साउन : भारतमा पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले देशको नागरिकता त्यागेका छन् ।सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म ८७ हजार जनाभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेका त्यहाँका विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा दुई लाख २५ हजार जनाले भारतीय नागरिकता त्यागेर विदेशी नागरिकता लिएका थिए ।

विदेशमन्त्री जयशंकरले भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी खोजिरहेका र धेरैले व्यक्तिगत सुविधाका लागि विदेशी नागरिकता लिएका बताए । उनले यति ठूलो सङ्ख्यामा देशबाहिर बसेका भारतीयहरु आफ्नो देशकै सम्पत्ति भएको पनि दाबी गरे ।

 

Related posts

कांग्रेस नेता राहुल गान्धी युपीको रायबरेलीबाट पनि उम्मेदवार बन्दै

MadhesKhabar

भारतमा कोरोनाबाट ११ जनाको मृत्यु, १०४७ सक्रिय संक्रमित

MadhesKhabar

कोरोना खोप विकासमा संलग्न दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

MadhesKhabar

Leave a Comment