Madhes Khabar
अन्तर्राष्ट्रिय

६ महिनामा ८७ हजारले त्यागे भारतीय नागरिकता

काठमाडौं, ६ साउन : भारतमा पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले देशको नागरिकता त्यागेका छन् ।सन् २०२३ को जनवरीदेखि जुन महिनासम्म ८७ हजार जनाभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेका त्यहाँका विदेशमन्त्री एस जयशंकरले जानकारी दिएका हुन् । अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा दुई लाख २५ हजार जनाले भारतीय नागरिकता त्यागेर विदेशी नागरिकता लिएका थिए ।

विदेशमन्त्री जयशंकरले भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी खोजिरहेका र धेरैले व्यक्तिगत सुविधाका लागि विदेशी नागरिकता लिएका बताए । उनले यति ठूलो सङ्ख्यामा देशबाहिर बसेका भारतीयहरु आफ्नो देशकै सम्पत्ति भएको पनि दाबी गरे ।

 

Related posts

माेदी र बिजेपीकाे आलाेचना गर्ने भारतीय पत्रकारहरुकाे निवासमा दिल्ली प्रहरीको छापा

MadhesKhabar

एयर इण्डिया विमान दुर्घटनामा बाँचेका एकमात्र यात्रु विश्वास कुमार के भन्छन् ?…

MadhesKhabar

दिल्लीमा २७ वर्षपछि बिजेपीलाई बुहमत, आपले ४० सिट गुमाउँदा केजरिवाल पनि पराजित

MadhesKhabar

Leave a Comment