Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय कारबाहीमा पाकिस्तानमा १०० बढी आतंककारी मारिए : प्रधानमन्त्री मोदी

काठमाडौं,२९बैशाख : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अपरेसन सिन्दुर’ अभियानमा पाकिस्तानमा १ सयभन्दा बढी आतंककारी मारिएको दाबी गरेका छन्। सोमबार बेलुकी राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले खुंखार अपराधीहरू मारिएको बताए।

 

उनले गत २२ अप्रिलमा कश्मीरकाे पहलगाममा आतंकवादीहरूले गरेको आक्रमणमा निर्दोष नागरिकहरूको वीभत्स हत्या गरेको बताए।उनीहरूका परिवार र छोराछोरीकै सामुन्ने धर्म सोधेर क्रूरतापर्वक हत्या गरिएकाले त्यसविरुद्ध अपरेसन सिन्दुर अभियान सञ्चालन गरेको उनको भनाइ छ।

‘आतंकवादीहरूले हाम्रा बहिनीहरूको सिन्दुर पुछिदिएका थिए। त्यसविरुद्धको कारबाहीमा भारतले आतंकवादीको हेडक्वाटर नै उजाडी दिए। भारतको यो आक्रमणमा १०० भन्दा बढी खुंखार आतंककारी मारिए। अपरेसन सिन्दुरलाई म देशका हरेक आमा, बहिनी र छोरीहरुलाई समर्पित गर्न चाहन्छु,’ उनले भने।

 

प्रधानमन्त्री मोदीले आतंकवादीलाई पाकिस्तानले पोस्दै आएको बताए। त्यही आतंकवादीको संरक्षणले पाकिस्तान एकदिन आफै सिद्धिने उनको भनाइ छ। पहलगामकाे आतंकी हमलापछि जवाफी कारबाहीमा भारतीय सेनाले पाकिस्तानकाे छातीमाथि टेकेर बदला लिएको माेदीले बताए ।उनले पानी र रगत एकैसाथ नबग्ने चेतावनीसमेत दिए।पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसामु गुहार मागेपछि भारतले जवाफी कारबाही स्थगित मात्र गरेकाे माेदीकाे भनाइ थियाे।

Related posts

बिहारमा भएकाे सडक दुर्घटनामा चार भाेजपुरी फिल्म स्टारसहित नाै जनाकाे मृत्यु

MadhesKhabar

४० के.जी. लागु औषध गाँजासहित २ जना पक्राउ ।

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

Leave a Comment