Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, तोलाको भाउ २ लाखको नजिक

फाइल तस्बिर ।

काठमाडौं,२०साउनःनेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।आज(मंगलबार) सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ५ सय रुपैयाँ पुगेको छ ।अघिल्लो दिन (गत आइतबार)को भन्दा आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन सुनको मूल्य १ लाख ९६ हजार ६ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलाको २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात आइतबार चाँदी तोलाको २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

 

 

Related posts

वीरगन्जको खाद्य व्यवस्था कम्पनीले दसैंका लागि मकवानपुरबाट १ करोडको खसी–बोका खरिद गर्‍यो

MadhesKhabar

वीरगन्ज सुक्खा बन्दरगाह विस्तार याेजना आठ वर्षदेखि अधुरै

MadhesKhabar

पर्सा बाराका पेन्ट उधोगहरुको लापरवाहीले बालबालिकाको ज्यान जोखिममा

MadhesKhabar

Leave a Comment