Madhes Khabar
मधेस प्रदेश हेडलाइन

पानीको समस्या समाधानका लागि पर्साका दलहरुले गुहारे मुख्यमन्त्री यादवलाई

वीरगन्ज, ८ साउन : वीरगन्जसहित पर्सा जिल्लामा केििदन यता देखिएको पानीको समस्या समाधानका लागि पर्साका राजनीतिक दलहरुले मधेस प्रदेश सरकारसंगग माग गरेका छन् ।

सोमबार जनकपुरमा मुख्यमन्त्री सरोज कुमार यादवलाई भेटेर पर्साका राजनीतिक दलका प्रमुखहरुले पानीको समस्या समाधानका लागि माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।मुख्यमन्त्री यादवलाई बुझाइएको ज्ञापनपत्रमा पर्साका राजनीतिक दलहरुले केहिदिन यता वीरगन्ज महानगरसहित पर्सा जिल्लाभरी नै चापाकलहरु सुकेर खानेपानीको चरम अभाव भएकाले यो समस्या समाधानका लागि मधेस सरकार मातहतका निकाय मार्फत पहल गरिदिन माग गरेका छन् ।

यस्तै पर्साका राजनीतिक दलहरुले बाराको सिमरास्थित परिक्षा केन्द्रमा परिक्षा दिएर फर्कने क्रममा सवारी दुर्घटनामा परि ज्यान गुमाएका ठाकुरराम बहुमुखी क्याम्पसका विधार्थी विजय शर्माको परिवारलाई क्षतिपुति उपलब्ध गराइदिन पनि मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउदै माग गरेका छन् । त्यसअवसरमा मधेस प्रदेशका उर्जा ,सिंचाई तथा खानेपानी मन्त्री सिंहासन साह कलवार, प्रदेश सभा सदस्य श्याम पटेल र जिल्ला समन्न्वय समिति पर्साका प्रमुख अजय सर्राफकोपनि उपस्थिती थियो ।

सोमबार मुख्यमन्त्री यादवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , जनता समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव , नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य छाटेलाल यादव , नेकपा एकिकृत समाजजवादी पर्साका अध्यक्ष बालगोपाल थापा ,जनमत पार्टी पर्साका संयोजक ओमप्रकाश सर्राफ, नागरिक उन्मुक्ति पार्टी पर्साका अध्यक्ष निरञ्जन चौधरी , राप्रपा पर्साका उपाध्यक्ष शम्भु गिरी , जसपाका जिल्ला सचिव तबरेज अहमद लगायतको सहभागीता थियो ।

Related posts

प्रदेश सरकारको लापरवाहीले पर्साको सखुवा प्रसौनी जनस्वास्थ्य प्रयोगशालाको सेवा प्रभावित

MadhesKhabar

जग्गाधनीले मुआब्जा नबुझेका कारण बनेन मटिअर्वा–कलैयाؘ–मानमत सडक

MadhesKhabar

मधेसका मुद्दालाई सत्तामा पुग्ने भरयाङ बनाएका मधेसी दललाई जनताले ठेगान लगाइ दिए : सिके राउत

MadhesKhabar

Leave a Comment