Madhes Khabar
मधेस प्रदेश

सर्लाही: सडकमा राेकी राखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किदाँ दुई जनाकाे मृत्युु

सांकेतिक तस्बिर ।

सर्लाही,१७कार्तिक:सर्लाहीको लालबन्दीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

कालिन्जोरस्थित राजमार्गमा बिग्रेर रोकिराखेको बीआर०६जीडी३१४१ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश–२–०३–००४–५३५५ नम्बरको मोटरसाइकल ठक्कर खाँदा ट्रकमा मोटरसाइकल ठोक्किँदा हरिवन नगरपालिका–११ बस्ने २८ वर्षीय मुकेशकुमार गुप्ता र त्यही ठाउँका ३५ वर्षीय सुनीलकुमार गुप्ताको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

ट्रकमा मोटरसाइकल ठोक्किएपछि मोटरसाइकल चालकसमेत रहेका मुकेशको टाउकोमा गम्भीर चोट लागेकाले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

मोटरसाइकलमा पछाडि सवार सुनीलको पनि टाउको, चिउँडो, नाक र हातमा चोट लागेर गम्भीर घाइते भएका थिए । उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा पुर्‍याइए पनि उपचारका क्रममा उनकोपनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Related posts

लालबाबुको पालामा सन्चालित मुख्यमन्त्री स्वच्छता अभियान अलपत्र

MadhesKhabar

पर्सा,बारासहित मधेसका जिल्लामा आज तीव्र हावाहुरी चल्ने प्रक्षेपण, सतर्क रहन अनुराेध

MadhesKhabar

रौतहट २ मा ढल्यो अफताब आलमको विरासत : स्वतन्त्र उम्मेदवार साह विजयी

MadhesKhabar

Leave a Comment