Madhes Khabar
मधेस प्रदेश

वकिलहरूले पत्रकारहरुलाई कुटे ,पत्रकार महासंघ मधेसका अध्यक्ष बन्जारासहित ४ जना घाइते

जनकपुरधाम,२७साउनः जनकपुरमा गुठी संस्थानसँग नेपाल पत्रकार महासंघ मधेस प्रदेशले आफ्नो भवन निर्माणका लागि सम्झौता गरेर लिएको जग्गा कब्जा गर्दै वकिलहरुको समूहले पत्रकारहरुमाथि आक्रमण गरेका छन् ।

वकिलहरुको आक्रमणमा परी नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, महासचिव शैलेन्द्र महतो क्रान्ति, पत्रकार दिवाकर रायसहितका पत्रकारहरु घाइते भएका छन् । उनीहरुको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

वकिलहरुको आक्रमणबाट पत्रकार महासंघका महासचिव क्रान्तिको पैतालाको हड्डी भाँचिएको छ । अस्पतालमा उपचाररत उनले भने, ‘हामीले प्रक्रिया पुर्याएर लीजमा लिएको जग्गा वकिलहरुले कब्जा गर्नुभयो । हामी त्यहाँ पुगेपछि सैयौंको संख्यामा रहेका वकिलहरुले आक्रमण गर्नुभयो । म पनि घाइते भए । मेरो खुट्टा क्रेक भएको छ । अहिले ब्यान्डेज गराउँदैछु ।’

अध्यक्ष बन्जाराको र दिवाकरको टाउकोमा चोट लागेको छ ।अन्य पत्रकारहरुको पनि भागदौडमा चोटपटक लागेको छ । उनीहरुमाथि आक्रमण हुँदा प्रहरी समेत थिए । तर प्रहरीले केहि गर्न सकेनन् ।

भूतनाथ महादेवको दक्षिणतीर पत्रकार महासंघले गुठी संस्थानसंग ४ कठा जग्गा वार्षिक ३ लाख १ हजार १ सय रुपैयाँमा २० वर्षका लागि लिजमा लिएको छ । महासंघका महासचिव क्रान्तिका अनुसार साउन १९ मा महासंघ र गुठी संस्थानबीच जग्गाको सम्झौता भएको छ ।

तर नेपाल बार एसोसिएसन जनकपुरधामले साउन २० गते सूचना जारी गर्दै महासंघले लीजमा लिइसकेको उक्त जग्गामा गाडी पार्किङ गर्न कानुन व्यवसायीहरुलाई भनेको थियो ।साभारः नेपाल प्रेस

Related posts

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख दिन मधेस सरकारलाई सत्ता गठबन्धनको आग्रह

MadhesKhabar

करैयामाई गाउपालिकाको अध्यक्षमा जसपाका शम्भु यादव विजयी

MadhesKhabar

मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि आलोपालो गर्ने सत्तारुढ दलहरुबिच सहमति

MadhesKhabar

Leave a Comment