Madhes Khabar
मधेस प्रदेश राजनीति

कांग्रेसको प्रचार प्रसार विभागमा पर्साबाट गुप्ता र पाैडेल मनाेनित

वीरगन्ज ,२५साउन: नेपाली कांग्रेसले मधेस प्रदेशका आठवटै जिल्लाबाट संचार तथा प्रचार प्रसार विभागमा १९ जनालाई सदस्यमा मनोनयन गरेको छ।

पार्टीका प्रदेश सदस्य नितेशकुमार गुप्ता प्रमुख रहेकाे कांग्रेस मधेस प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागमा जिल्लाको जिम्मेवारीमा १९ जनालाई मनोनयन गरिएको हो ।

विभागमा पर्साबाट दुई जना परेका छन् ।पर्साबाट निलिमा पाैडेल र राहुल गुप्तालाई मनाेनित गरिएको कांग्रेस मधेस प्रदेशका सभापति कृष्णा यादवले जानकारी दिए ।

पाैडेल नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य हुन् भने गुप्ता प्रेस युनियन मधेस प्रदेशकाे लेखा समिति सदस्य हुन् ।

कांग्रेसको प्रचार प्रसार विभागकाे सदस्यमा सप्तरीकी जाल्पाना कुमारी सदार, सुधा देवी र ललिता साह, सिरहाका विनोद मण्डल र विदु सिंह, धनुषाका निरञ्जन साह र कमल साह, महोत्तरीका सन्तोष सिंह र हदिस खुदारलाई मनाेनित गरिएको छ।

यस्तै सर्लाहीका निकेश त्रिपाठी , रोशन कुमार साह, रौतहटका सागर हुमागाई, प्रभात कुमार झा र राजेश्वर पाण्डे, बाराका सन्दीप यादव, सिकिन्द्र पसवान र अन्जली गुप्तालाई पनि मनोनयन गरिएको छ।

Related posts

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने लोसपाको निर्णय

MadhesKhabar

सर्लाहीमा बस पल्टिँदा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

MadhesKhabar

पर्सागढीमा राष्ट्रिय शिक्षक संगठनकाे अधिवेशन सम्पन्न ,अध्यक्षमा थारु चयन

MadhesKhabar

Leave a Comment