Madhes Khabar
स्थानिय हेडलाइन

पर्साकाे ओरिया खाेलामा हराएका दुई वटा सिमास्तम्भ भेटियाे

वीरगन्ज ,२५ माघ :पर्साकाे जगरनाथपुर गाउँपालिकास्थित ओरिया खोलामा हराएको दुई वटा सीमास्तम्भ भेटिएको छ। जगरनाथपुर गाउँपालिका–१ पिपरडारी स्थित ओरिया खोलाबाट हराइरहेको दुई वटा सीमास्तम्भ भेटिएको हो।

ओरिया खोलामा हराएको सीमास्तम्भ ४२२ र ४२२/१ भेटिएको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवले जानकारी दिए।

खोलामा बाढी आउँदा हराइरहेको सीमास्तम्भ भारतीय पक्षले खोलाबाट बालुवा निकाल्दा अहिले भेटिएको यादवले बताए। खोलामा बाढी आउँदा सीमास्तम्भ हराएका थिए।

‘खोलाबाट भारतीय पक्षले बालुवा निकाल्ने क्रममा सीमास्तम्भ भेटिएको हो,’ उनले भने। उनका अनुसार अझकेहि सीमास्तम्भ खेलाभित्रै हराइरहेको छ।

नेपाल भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा ओरिया खोला पर्ने भन्दै गाउँपालिकाले उक्त खोलाको ठेक्का भने नलगाउने गरे पनि भारतले भने खोलाको ठेक्का लगाएर गिट्टी–बालुवा निकाल्ने गरेको यादवको भनाइ छ।

सीमास्तम्भ भेटिएपछि प्र्रमुख अधिकारी हीरालाल रेग्मी, पर्साका प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियासहितको टोलीलाई बोलाएर सीमास्तम्भको अनुगमन गराइएको उनले बताए।साभार:देशसन्चार

Related posts

अस्पताल र सप्लार्यबीचको विवादले नारायणी अस्पतालमा ३ महिनादेखि एमआरआई सेवा ठप्प

MadhesKhabar

पर्सा ४ (ख ) को प्रदेशसभा सदस्यमा दोहोरिए कलवार

MadhesKhabar

सोनार हत्या प्रकरणका मुख्य आरोपी भारतीय नागरिक पक्राउ, अर्का एक युवक अझै फरार

MadhesKhabar

Leave a Comment