Madhes Khabar
स्वास्थ्य

वीरगन्जको पशुपति आदर्श क्लब र नेशनल मेडिकल कलेजबीच सम्झौता

वीरगन्ज,१४पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीमा रहेको नेशनल मेडिकल कलेज प्रा.लि.र पशुपति आदर्श क्लब वीरगन्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता गरिएको छ।

सोमबार मेडिकल कलेजमै दुवैपक्षबीच सम्झौता गरिएको हो ।सम्झौता पत्रमा पशुपति आदर्श क्लबका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजमार्फत गुणस्तरीय, प्राथमिकतासहित तथा सहुलियतयुक्त स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइने उल्लेख छ। सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सुविधा, अन–साइट क्लिनिक सञ्चालन तथा विशेष वेलनेस प्याकेजहरू प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौता अन्तर्गत ओपीडी सेवा, आकस्मिक उपचार, जनरल बेड, आईसीयू, शल्यक्रिया सेवा, विभिन्न ल्याब परीक्षण, रेडियोलोजी सेवा, फार्मेसी तथा अन्य आवश्यक स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।सम्झौताको अवधि एक वर्षको रहनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्थापनि गरिएको छ।

सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालका तर्फबाट शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यास्मिन, प्रमुख सूचना अधिकृत प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कान्थ तथा पशुपति आदर्श क्लब तर्फबाट अध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष किरण बहादुर कटुवाल र सचिव सुरेश श्रीवास्तवको सहभागीता थियो ।

 

Related posts

नेपालमा पहिलोपटक ज्वाइँले दिए सासूलाई कलेजो दान

MadhesKhabar

कान्ति बाल अस्पतालको बेथिती सुधार गर्न स्वास्थ्थ्य मन्त्री यादवको निर्देशन

MadhesKhabar

सेवासुविधा थपिएपछि नारायणी अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या बढ्याे

MadhesKhabar

Leave a Comment