Madhes Khabar
स्थानिय

पोखरिया नगरपालिकाको अधिवेशनमा मेयर चौहानले भने : विकास र समृद्धिमा लागि परेको छु

वीरगन्ज,२१ पुसःपर्साको पोखरिया नगरपालिकाको नगर सभाको १० औं अधिबेशन सोमबार सम्पन्न भएको छ।अधिवेशनको उद्घाटन गर्दै मेयर प्रधुमन चौहानले पोखरिया नगरपालिकाको विकास र समृद्धिका लागि आफु लागि परेको बताए । अहिलेसम्म मालपोत र नापी कार्यालयको सेवा विस्तार गरिसकेको भन्दै उनले पोखरियामै ईलाका प्रशासन कार्यालयपनि स्थापना गर्ने अन्तिम तयारीमा रहेको जानकारी गराए ।

उनले विकास निर्माणका काममा यहाँका सबै राजनितिकर्मी, जनप्रतिनिधि र कर्मचारीहरु बीच समन्वय गरि अगाडि बढिरहेको बताए ।नगरसभाको अधिवेशनमा प्रमुख प्रसाशकीय अधिकृत धर्मानन्द जोशीले आँफु भर्खरै आएको बताउँदै नगरपालिका कार्यालयबाट हुने सेवा प्रवाहलाई अझ सहज र छरितो बनाइने प्रतिबद्धता जनाए ।

नगरसभाको अधिवेशनमा उपमेयर उपनगर प्रमुख रुबी ठाकुरले स्वागत मन्तब्य ब्यक्त गरेकि थिइन् । यस्तै वडाध्यक्षहरु लक्षमण साह कानु,नौसाद आलम, प्रमोद गिरी, केदार प्रसाद,महेन्द्र महतो,सियानन्द चौहान, प्रमानन्द पटेल,किसोरी साह,कार्यपालिका सदस्य रामवचन महतो,अजय साह लगायतले नगरसभाको सफलताको शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Related posts

बारामा गाेली हानी हत्या गरिएका युवककाे पहिचान खुल्याे

MadhesKhabar

बिन्दवासिनी गाउँपालिकामा पनि पुग्याे राष्ट्रिय भूमी आयाेग

MadhesKhabar

प्रेमीसंग मिलेर श्रीमानको हत्या गर्ने सोनम बारामा पक्राउ

MadhesKhabar

Leave a Comment