Madhes Khabar
स्थानिय

वीरगन्जमा सामाजिक सद्भाव विथोल्ने प्रयासलाई प्रशासनले विफल बनायो

वीरगन्ज,२२असार:मोहर्रम पर्वको सन्दर्भमा वीरगन्जमा सामाजिक सद्भाव भङ्ग गर्ने गम्भीर प्रयासलाई स्थानीय प्रशासन र सुरक्षाकर्मीले समयमै हस्तक्षेप गरी विफल बनाएका छन्।

आजको मोहर्रमको ताजिया कार्यक्रम सर्वदलीय निर्णयविपरीत आदर्शनगर रंगशालामा जबरजस्ती लैजाने प्रयास गरिकाे थियाे। यो कदमले स्थानीय समुदायमा तनावको स्थिति सिर्जना गर्न सक्ने आशंका बढेको थियो ।

यसअघि गत बिहीबार बसेको सर्वदलीय बैठकले ताजिया जुलुस र कार्यक्रम पुरानो बसपार्कमा मात्र गर्न दिने निर्णय गरेको थियो। आदर्शनगर रंगशालालाई खेलकुद प्रयोजनका लागि सुरक्षित राख्नुपर्ने भन्दै सबै दल र समुदायबीच सहमति कायम भएको थियो।

तर, उक्त निर्णयको अवज्ञा गर्दै आज १०/१५ जनाको समूहले ताजिया रंगशालामा लैजाने प्रयास गरेपछि स्थिति संवेदनशील बन्ने अवस्थामा पुगेको थियो ।

उक्त घटनालाई मध्यनजर गर्दै प्रहरी प्रशासनले सुझबुझ र संयम अपनाउँदै ताजियालाई रंगशाला प्रवेश गर्न रोक्नु परेको थियो । कुनै पनि झडप वा हिंसात्मक स्थिति नहोस् भन्ने हेतुले सुरक्षाकर्मीहरू रणनीतिक रुपमा तैनाथ गरिएको थियो।

घटनापछि स्थानीय नागरिक, धार्मिक अगुवा तथा राजनीतिक दलहरूका प्रतिनिधिहरूले प्रहरी प्रशासनको भूमिकाको प्रशंसा गरेका छन्। मुस्लिम समुदायका केही अगुवाहरूले पनि भनेका छन्, “सामाजिक सद्भाव र सहअस्तित्वको वातावरण कायम गर्न सबै पक्ष संवेदनशील हुन जरुरी छ। निर्णय लत्याएर कार्यक्रम गर्न खोज्नु सद्भाव विथोल्ने षड्यन्त्र हो।”

यस घटनाले राजनीतिक स्वार्थका लागि धार्मिक पर्वको दुरुपयोग भइरहेको आशंका समेत पैदा गरेको छ। नागरिक समाजका विश्लेषकहरू भन्छन्, “यो केवल धार्मिक कार्यक्रम होइन, राजनीतिक शक्ति प्रदर्शनका रूपमा प्रयोग गर्न खोजिएको संकेत देखिन्छ, जुन दीर्घकालीन रूपमा समाजका लागि घातक हुन सक्छ।”यस वर्षको मोहर्रम शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

Related posts

पर्साको जमुनियाका आगलागी पिडित परिवारलाई प्रभु अस्पतालको सहयोग

MadhesKhabar

पटेर्वा सुगाैलीमा राेकिएन बाघकाे आतंक, एक युवक गम्भीर घाइते

MadhesKhabar

वीरगन्जमा रवि लामिछानेसंग ४ घण्टा लिइयो बयान,आजपनि पर्सा प्रहरीको हिरासतमा रहने

MadhesKhabar

Leave a Comment