Madhes Khabar
धर्म/संस्कृति

ठोरीदेखि कोशीसम्मका धार्मिकस्थलहरु मधेस प्रदेशको समृद्धिको आधार हुन् : मुख्यमन्त्री सिंह

महोत्तरी,१९साउनःमधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेस प्रदेशको समृद्धिको मुख्य आधार भएको बताएका छन् ।साउने सोमबारको अवसरमा मंगलबार महोत्तरीको बर्दिवास–५ टुटेश्वरस्थित टुटेश्वरनाथ महादेवको दर्शनपछि मुख्यमन्त्री सिंहले धार्मिक पर्यटन मधेसको कृषिपछिको आर्थिक समृद्धिको मुख्य आधार बन्ने उल्लेख गरे ।

‘मधेसका ठोरीदेखि कोशीसम्म प्रसिद्ध धार्मिकस्थल छन्, हामीले यहाँ पर्यटन प्रवद्र्धन केन्द्रित पूर्वाधार निर्माण र सम्पदाको संरक्षण गर्न पर्दछ’, सिंहले भने, ‘मधेस प्रदेश सरकार यिनको विकास र सम्वद्र्धनप्रति प्रतिबद्ध छ ।’ महोत्तरीका टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डलधाम क्षेत्रमा प्रदेश सरकारको चासो यसबीचमा थालिएका कामबाट देखिने उनले बताए।

महोत्तरीका टुटेश्वरनाथ, पञ्चधुरा माईस्थान र राइमण्डलधाम सघन वनक्षेत्रभित्र चुरे पर्वत श्रेणीका काखमा भएका हुँदा भौगोलिक र प्राकृतिक रूपले रमणीय ठाउँ भएको मुख्यमन्त्री सिंहको भनाइ छ । प्रदेश सरकारले आफ्नो भूगोल क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि स्थानीय सरकारसँग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

 

Related posts

लोक आस्थाको पर्व छठ आजदेखि विधिवत रुपमा सुरु

MadhesKhabar

राम मन्दिर उद्घाटनका दिन जगरनाथपुरमा माछा-मासु र मदिरा निषेध, घरघरमा दिपावली मनाउन आह्वान

MadhesKhabar

नयाँ वर्ष र ईद पर्वकाे उपलक्ष्यमा ठाकुरराम क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

MadhesKhabar

Leave a Comment