Madhes Khabar
धर्म/संस्कृति मधेस प्रदेश

कृष्ण जन्माष्टमीकाे मूर्ति बिसर्जनका क्रममा दुई समुदायबिच भएकाे झडपले मलंगवा तनावग्रस्त

सर्लाही,२३भदाैं: कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा शुक्रबार साँझ दुई पक्षबीच झडप भएपछि सर्लाहीकाे सदरमुकाम मलंगवामा स्थानीय प्रशासनले शनिबार निषेधाज्ञा लगाएको तयारी गरेको छ । शनिबार अपरानणह ४ बजेदेखि लगाइएकाे निषेधाज्ञा आइतबार बिहान ८ बजेसम्म जारी रहने छ ।

मलंगवामा शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गरेर फर्किने क्रममा दुई समुदायबीच झडप र ढुंगामुढा भएको थियो । लगत्तै प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर गर्दै भीड तितरबितर पारेको थियो ।

अबेर राति अवस्था सामान्य बनेपनि शनिबार बिहानैबाट सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुनथालेपछि स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर जातीय र धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो ।

तर पनि प्रदर्शन र ढुंगामुढा नरोकिएपछि स्थानीय प्रशासनले निषेधाज्ञाको लगाएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार निषेधाज्ञा शनिबार दिउँसो ४ बजेबाट आइतबार बिहान ८ बजेसम्म रहने छ । प्रहरी उपरीक्षक सुवेदीले भने, ‘राति झडप हुन सक्छ । त्यसैले हामीले सुरक्षा संवेदनशीलता हेरेर निषेधाज्ञा लगाउन लागेका हौं ।’

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको जनाउँदै प्रहरी उपरीक्षक सुवेदी आफैं पनि सुरक्षामा तैनाथ रहेको जानकारी दिए । कुनै अप्रिय घटना हुन नदिन प्रहरी संख्या बढाइएको छ ।

प्रदर्शन र ढुंगामुढाका कारण मलंगवाका पसल तथा बजार बन्द छ । बिहानैदेखि मलंगवाबाट चल्ने साना तथा लामो दुरीका यातायातका साधन चल्न सकेको छैन ।साभार:ईकान्तिपुरबाट

Related posts

छठघाटमा भक्तजनले मध्यरातमा पुगेर भरे `काेशी´ (फाेटाे फिचर)

MadhesKhabar

पर्सामा हावाहुरीबाट पिडितहरुलाई तत्काल राहत र क्षतिपूर्ति वितरण गर्न प्रदेश सांसद पटेलको माग

MadhesKhabar

मन्त्री कलवार बधाइ तथा सम्मान थाप्नमा व्यस्त

MadhesKhabar

Leave a Comment