बारा,२४मंसिरः बाराको बरियापुरमा लागिरहेको पञ्चवर्षिय गढिमाई मेलामा सोमबारसम्म ५० लाख बढी भत्तःजन र दर्शनार्थीले गढीमाई मीनदरमा पुजापाठ र दर्शन गरेका छन् ।
यही मंसिर १ गते देखि सुरु भएको मेलामा बलिको अघिल्लो दिन गत शनिबारसम्म करिब २५ लाख दर्शनार्थीले दर्शन गरेको र शनिबारदेखि सोमबार सम्म तीन दिन यता गरेर कूल ५० लाख बढीले नै दर्शन गरेको अनुमान मेला समितिको छ । भिड अत्यधिक भएका कारण कलैयाको भरत चोककको केहि अगाडि नै सबारी साधन रोक्ने गरिएको छ ।
मेला स्थलसम्म करिब ६ किलोमीटर पैदल यात्रा गर्नुपर्ने अवस्था रहेको छ । मेलास्थल पुग्न सडकबाट सम्भब नभए पछि दर्शनार्थीहरुले दुधौरा तथा पसाह खोला तरेर जाने गरेका छन् भने हजारौ दर्शनार्थीहरु खेतैखेत मन्दिर पुग्ने गरेका छन । मेला व्यवस्थापनको सुरक्षामा जुटेका बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले गढीमाई मेला क्षेत्र सुरु हुने नाका देखी मन्दिरसम्म भक्तजनहरुको चाप अत्यधिक रहेको बताए ।
मेला व्यवस्थापनका सवै संयन्त्र अस्तब्यस्त बनेको यतिबेला मेला स्थलमा मोबाईल, गर गहना चोरी हुने गरेको तथा बालबालिका हराउने घटना बढेको प्रहरीले जनाएको छ ।साभारः ईमेजखबर

