Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जको घडिअर्वामा गणेश चतुर्थी महोत्सव यसपालि पनि भव्य रुपमा मनाइने

वीरगन्ज,१७ साउनःविघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी महोत्सव वीरगन्ज–१० घडिअर्वामा यसवर्ष पनि भव्य रुपमा मनाइने भएको छ ।

विगतका वर्ष झै यस वर्षपनि वीरगन्ज –१० घडिअर्वास्थित रामजानकी मन्दिर प्रांगणमा गणेश चतुर्थी महोत्सव मनाइने भएको हो।त्यसका लागि शनिबार बसेको स्थानीयवासीको भेलाले मदन प्रसाद कलवारको अध्यक्षतामा ३१ सदस्यीय महोत्सव व्यवस्थापन समिति गठन गरिएको छ।

समितिको उपाध्यक्षमा राकेश साह कानु,सचिवमा सन्तोष साह कानु र मनोहर साह कानु,कोषध्यक्ष प्रकाश सिंह तथा सदस्यमा दीलिप कानु, बैजु गुप्ता,राजेश सिंह,सुनिल दास, लालु साह कानु,मुकेश कलवार, गोपाल कानु,सचिन कुमार दारुका, डा.दीपक कुमार चौरसिया,सन्देश कानु, रवि सर्राफ,अरुण शर्मा , सुरेन्द्र साह कानु लगायतका रहेका छन् । यसपालि गणेश चतुर्थी महोत्सव आगामी भदौं ११ देखि १४ गतेसम्म परेको छ ।

वीरगन्ज–१० का वडाध्यक्ष सुशील कुमार कानुको उपस्थितीमा भएको भेलामा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो । वडाध्यक्ष कानुले यसपालिकाको गणेश चर्तुथी महोत्सव विगतको भन्द्यापनि भव्य र सभ्यरुपमा मनााउने तयारी गएिको बताए ।

सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाउने गरिन्छ ।

शिव पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्र पूजाको अधिकार प्राप्त छ ।हरितालिका (तीज) को व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका ब्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

Related posts

पशुपतिनाथ क्षेत्रमा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जना प्रहरीको नियन्त्रणमा

MadhesKhabar

वीरगन्जमा सामाजिक सदभाव कायम गर्न हिन्दु–मुस्लिम अगुवाले ५ बुँदे सहमति गरेसंगै कर्फु पनि हट्यो

MadhesKhabar

लोक आस्थाको पर्व छठ विधिवत रुपमा सुरु

MadhesKhabar

Leave a Comment