Madhes Khabar
धर्म/संस्कृति

बाराको प्रस्टोकामा जिनाद बाबाको मेला सुरु, कांग्रेस युवा नेता सिंहले गरे समुद्घाटन

बारा,१३मंसिरःबाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ भलुहीमा जिनाद बाबाको दुई दिने मेला बिहीबारदेखि सुरु भएको छ । हरेक वर्ष लाग्दै आएको जिनाद बाबाको दुई दिने मेलाको बिहीबार नेपाली कांग्रेस बारा क्षेत्र नम्बर ४ (ख) का सभापति लोकेश सिंहले हिन्दु रितिरिवाज अनुसार पूजापाठ गर्दै समुद्घाटन गरेका हुन् ।

त्यसअवसरमा कांग्रेस युवा नेता सिंहले धार्मिक मेला मधेसको पहिचान र संस्कृतिसंग जोडिएको भन्दै यस्ता धार्मिक मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिए । जिनाद बाबाप्रति स्थानीयको निक्कै आस्था रहेको भन्दै उनले समाज कल्याणका लागि कामनापनि गरे ।

मेलाको समुद्घाटन कार्यक्रममा ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेश भट्ट,शिक्षक श्रीलाल साह, वीरेन्द्र साह, जादो साह, बम यादव, गौरीशंकर साह, विगा चौरसिया, सनैत साह, मंकेश्वर साह, लक्ष्मी यादव, जमुना साह, मुखी मण्डल,मकरध्वजसाह, मुनिलाल साह, सतेन्द्र साह, सिकेन्द्र साह कानु, राधा किसुन ठाकुर,कमलेश कुशवाहा, पुजारी धनलाल ठाकुर,मेला समितिका अध्यक्ष केदार साह लगायतकोपनि उपस्थिती थियो ।

Related posts

मधेस चिनाउँदै ‘झिंझिया’

MadhesKhabar

राधेमाई मन्दिरमा पम्परा अनुसार पूर्वमन्त्री यादवसहितका भक्तजनहरुले भित्र्याए फूलपाती

MadhesKhabar

घडिअर्वा छठघाटको सुरक्षामा कुनैपनि त्रुटी हुन नदिने सुरक्षा निकायका प्रमुखहरुको प्रतिबद्धता

MadhesKhabar

Leave a Comment