Madhes Khabar
धर्म/संस्कृति

वीरगन्जको रानीघाटमा टायर बाल्ने ४ युवक पक्राउ, तत्काल रिह गर्न हिन्दुवादीहरुको माग

वीरगन्ज,१६ साउन :वीरगन्जमा टायर बालेर विरोध प्रदर्शन गरेका चार जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी घटनाको विषयलाई लिएर वीरगन्जमा पनि दिनहुँ प्रदर्शन हुदैं आएको छ ।

वीरगन्जको रानीघाटमा शनिबार बिहान सडकमै टायर बालेर प्रदर्शन गरिरहेका चार जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सडकमा टायर बालेर हुलदंगा गरिरहेका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।

यता हिन्दुवादी अगुवाहरुले भने रानीघाटमा राति बजरंगबली –भगवान हनुमान् ) को ब्यानर च्यातेर फालेको भेटिएपछि शनिबार बिहान हिन्दु युवाहरुले त्यसको विरोधमा प्रदर्शन गर्दा प्रहरीले दमन गरेर चार जनालाई पक्रेर लगेको आरोप लगाएका छन् ।

उनिहरुलाई विना शर्त रिहा नगरिए अझ प्रदर्शन चर्काउने चेतावनीसमेत हिन्दुवादी अगुवाहरुले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

 

Related posts

आजदेखि नववर्ष २०८२ प्रारम्भ,देशभर हर्षाेल्लासका साथ मनाइँदै

MadhesKhabar

इस्लाम धर्मावलम्बीकाे महान् पर्व रमजान सुरु

MadhesKhabar

भोजपुरी प्रतीष्ठानद्वारा भोजपुरी भाषाका तीन पुस्तक विमोचित

MadhesKhabar

Leave a Comment