Madhes Khabar
अर्थतन्‍त्र

सुनको मूल्य तोलाको साढे २ लाख नाघ्यो

वीरगन्ज,३०असोजःनेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(बिहीबार) प्रतितोला सुनको मूल्य २ लाख ५० हजार ९०० रुपैयाँ पुगेको छ।

यसअघि हिजो(बुधबार) एक तोला सुन २ लाख ४८ हजार ९०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज एक तोला चाँदी ३ हजार २७० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।हिजो एक तोला चाँदीको मूल्य ३ हजार २४० रुपैयाँ पुगेको थियो।

 

Related posts

फेरि बढ्यो सुनको मूल्य, तोलाको १ लाख ३६ हजार ५ सय रुपैयाँ

MadhesKhabar

राजश्व संकलनमा वीरगन्ज भन्सार सफल , सुख्खा बन्दरगाह भन्सार असफल

MadhesKhabar

जेनजी आन्दोलनका कारण वीरगन्ज भन्सारलाई राजस्व संकलनमा १ अर्ब ५३ करोड घाटा

MadhesKhabar

Leave a Comment