Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

जेनजी आन्दोलनका कारण वीरगन्ज भन्सारलाई राजस्व संकलनमा १ अर्ब ५३ करोड घाटा

वीरगन्ज,२असोजःवीरगन्ज भन्सार कार्यालये गत भदौं महिनामा लक्ष्यको ९४ प्रतिशतमात्रै राजस्व संकलन गर्न सकेको छ ।
अन्तिम सातामा जेनजी आन्दोलनका कारण भन्सार कार्यालयका कामकाज प्रभावित हुदाँ वीरगन्ज भन्सार कार्यालयले राजस्वको लक्ष्य पुरा गर्न नसकको हो ।

वीरगन्ज भन्सार कार्यालयले गत भदौं महिनामा लक्ष्यको ९४ प्रतिशतमात्रै अर्थात २० अर्ब ५२ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । भन्सार विभागले गत भदौं महिनाका लागि २२ अर्ब ५ करोडको लक्ष्य दिएकोमा लक्ष्य भन्दा ६ प्रतिशत कम अर्थात १ अर्ब ५३ करोड कम राजस्व संकलन भएको उनले बताए ।

भदौं अन्तिम साता जेनजी आन्दोलनका कारण वीरगन्जमा लगाइएको कर्फु,निषेधाज्ञा लगायतका कारणले भन्सार कार्यालयको नियमित कामकाज प्रभावित भएकाले मासिक राजस्व असुलीको लक्ष्य पुरा गर्न नसकिएको ज्ञवालीले बताए । उनले भने, जेनजी आन्दोलन र प्रदर्शनका कारणले भदौं २४ख र २५ गते दुई दिन त भन्सार कार्यालय बन्द भयो । त्यसपछिका दुई दिनपनि कार्यालयको काम आंशीक रुपमा प्रभावित हुन पुग्यो । यी कारणले राजस्व असुलीको लक्ष्य भेट्याउन सकिएन।

यसअघि गत साउन महिनामापनि वीरगन्ज भन्सार कार्यालयले राजस्व असुलीको लक्ष्य पुरा गर्न सकेको थिएन ।भन्सार विभागले गत साउनमा २० अर्ब ९८ करोडको लक्ष्य दिएकोमा वीरगन्ज भन्सारले लक्ष्यको ८८ प्रतिशत मात्रै अर्थात १८ अर्ब ४३ करोड मात्रै राजस्व संकलन गर्न सकेको थियो ।

अन्र्तराष्टिय कारोबारका प्रमुख नाकामा रहेका वीरगन्ज भन्सार कार्यालयले विगत केहिवर्ष यतादेखि राजस्व संकलनको लक्ष्य पुरा गर्न सकेको छैन । गत आर्थिक वर्ष २०८१ ÷८२ मापनि लक्ष्यको ८१ प्रतिशतमात्रै राजस्व संकलन गरेको थियो ।

 

Related posts

पटेर्वा सुगौलीका सामुदायिक विद्यालयहरुमा शिक्षकको अभावले पठनपाठनमा असर

MadhesKhabar

मैले र सरावगीले गरेका कामका फाइल अख्तियारले छानबिन गरेर दाेषीलाई कारबाही गराेस् :मेयर सिंह

MadhesKhabar

पर्सा प्रहरीद्वारा १२ लाखको पटाका बरामद

MadhesKhabar

Leave a Comment