Madhes Khabar
स्थानिय हेडलाइन

बारामा ९० वर्षीय बुबाकाे हत्या गर्ने ६० वर्षीय छाेरा पक्राउ

बारा,२६साउन: बारामा ९० वर्षीय बुबाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ।

बाराकाे जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगियाबस्तीमा बुबा माइतसिंह घलानको हत्या गरेको आरोपमा घलानकै छाेरा ६० वर्षीय दिलबहादुर घलानलाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार मध्याह्न दिल बहादुरले घरायसी विवादका क्रममा बुबा घलानको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेकाे प्रहरीले जनाएको छ।

प्रहरीले अभियुक्त दिलबाहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको बाराका प्रहरी उपरीक्षक हाेविन्द्र बाेगटीले बताए।

मृतकको टाउकोमा चोट देखिएको र विस्तृत कुरा पोष्टमार्टमपछि खुल्नेपनि उनले बताए।

Related posts

चाडबाडमा यात्रुहरुको सहजताका लागि वीरगन्जका ५ स्थानमा ‘यात्रु सहायता कक्ष’ स्थापना

MadhesKhabar

तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान

MadhesKhabar

सिर्सिया नदी प्रदुषित गर्ने उद्योगहरुको अनुगमन शुरु

MadhesKhabar

Leave a Comment